तामाङ्ग सेलो क्षेत्रको उदयमान गायक केशर मोक्तान

485
SHARES
638
VIEWS

उमेश घलान/बारा । केशरसिं मोक्तानको त्यो तामाङ सेलो प्रस्तुति नक्कली छामे । गित संगित भनेपछि जिन्दगीमा आनन्द अनि मन सन्तोष बनाउने कुनै गायकले गाएको गित लाई बुझिन्छ । प्रायःसंगितमा नरमाउने मान्छे यो संसारमा कमै भेटिन्छन् । गित संगितको मज्जा नै बेग्लै छ ।
नेपालमा यस्ता गित संगितहरु आ-आफ्नो परिभाषा र जातीयता अनि रितिरिवाजको आधारमा बन्ने गरिन्छन । अनि सबै प्रकारका फरक फरक गित हुन्छन् । विशेष गरि तामाङ्ग समुदायमा तामाङ्ग गित र सेलो टिपिकल भाकाको बढी महत्त्व हुन्छ । तर आज भोलि मध्ये नेपालमा मात्र गाईने र सुनिने तामाङ्ग सेलो पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दर्शक श्रोताले मन पराउने गरेको देखिन्छ । पुराना तामाङ गितहरुलाई अलिकती छाट गरेर अहिलेका पिडिहरुले बुझ्ने खालका बनाईएका पनि पाईन्छन । यस्तै त्यस्तै तामाङ्ग संगीत क्षेत्र भित्रका एक असल गायक हुन केशर सिं मोक्तान । मकवानपुर जिल्लाको हेटौंडा मयुर ढापमा जन्म भएका मोक्तान करिब ४ बर्ष देखि कलाकारिता क्षेत्रमा निरन्तरता दिईरहे पनि उति चर्चा कमाएका थिएन ।


मोक्तानले यहि क्षेत्रलाई बढी प्राथमिकता दिन यस क्षेत्रलाई कर्मथलो बनाएको छ । गायक मोक्तानले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समितिद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रममा समितिले निम्ताएका थिए । उक्त कार्यक्रममा मोक्तानले आफ्नो कलालाई प्रस्तुत गर्दै त्यस क्षेत्रलगायतका दर्शकहरू मन जितेर चर्चाकमाउन सफल भएका छन ।
मोक्तानलाई स्टेज कार्यक्रमको लागि धेरै स्थानहरुबाट अफर आउने गरेको छ । बारा जितपुरसिमरा १७ रामनगरमा उनले अफ्नो केहि चर्चित गित “नक्कली छामे र हिमाली लेकमा गित गाएका थिए । मोक्तानको गीतले धेरै दर्शकको मन जितेका थिए । आफू भन्द सिनियर कलाकार गायक तथा गायिकाहरुको प्रस्तुति दिन समयको आभावले गर्दा खसै प्रस्तुति दिन नपाएको मोक्तान रामनगरको दर्शकहरुको भने यसपटक मन जितेको थियो । कार्यक्रममा विशाल काल्तान, जितु लोप्चन, साम्तेन मोक्तान,रेश्मा बोम्जन, हिरा दोङ र स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित