सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको विविस अध्यक्षमा चौलागाई

401
SHARES
527
VIEWS

टेकराज भण्डारी बारा । बाराको निजगढ वडा नम्बर ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद चौलागाई तेस्रो कार्यकालको लागि सर्वसम्मत रुपमा चयन भएको छ ।
विद्यालयमा शुक्रवार भएको अभिभावक भेलाले चौलागाईको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो। अध्यक्ष चौलागाईको अध्यक्षतामा भएको भेलाले सर्वसम्मत गठन गरेको समितिको सदस्यहरुमा हरेन्द्र साह रौनियार, तारा रुम्बा, रिना योञ्जन, नारायणप्रसाद सापकोटा, विरेन्द्र महतो तथा पदेन सदस्यमा वडा अध्यक्ष, टेकबहादुर लामा रहेको विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्य सचिव उमेशकुमार स्वर्णकारले बताए ।
यसअघि अभिभावक भेलाको उदघाटन सत्रमा प्रमुख अतिथिको आशनबाट वोल्दै निजगढ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामाले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले विशेष चासो दिनुपर्ने बताएका थिए। वडा नम्बर ७ मा रहेका शैक्षिक संस्थालाई थप गुणस्तरीय तथा व्यवस्थित बनाउनको लागि वडा कार्यालय लागिरहेको लामाको
भनाई छ । कार्यक्रममा विशिष्ठ अतिथिको आशनबाट बोल्दै समाजसेवी तथा तत्कालिन निजगढ गाविसका अध्यक्ष एवंम गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले निजगढ क्षेत्रका शैक्षिक क्षेत्रमा सुधार हुँदै गएको र यसका लागि सबै सरोकारवाला प्रतिवद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । शिक्षक, अभिभावकले जति मिहिनेत गर्यो, विद्यार्थी पनि त्यति नै मिहिनेती बन्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने श्रेष्ठले बताए । कार्यक्रमका अर्का विशिष्ठ अतिथि बडा नम्बर ७ का पूर्व वडा अध्यक्ष रामजीप्रसाद बजगाईले विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गर्दै गएको भन्दै आगामी दिनमा यसलाई बढाउँदै लैजानुपर्ने बताएको छ । आफ्‌नो ५ वर्षेकार्यकालमा विद्यालयको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनमा सहयोग गरेको पनि बजगाईले स्मरण गरे । भेलालाई शिक्षक/अभिभावक संघका अध्यक्ष शंकर रुम्बा लामाले स्वागत गरेका थिए । भेलामा अभिभावक हरेन्द्र साह रौनियार, शिक्षक हरिशरण सुवेदी, विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकार, बडा सदस्य कविता लामा, सुभद्रा विश्वकर्मा, दिलबहादुर पुलामी मगर, पूर्व अध्यक्ष माधवप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । भेलाको समापन गर्दै अध्यक्ष चौलागाईले पुनः विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिएकोमा अभिभावकहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयको विकासका लागि समर्पित हुने प्रतिवद्धता जनाएको छ । विद्यार्थी संख्या कम हुदै गएपछि केही वर्षअघि गाभिने अवस्थामा पुगेको सो विद्यालयमा चौलागाईले व्यवस्थापनको जिम्मेवारी लिएपछि शिक्षाको गुणस्तर वृद्धिसंगै अभिभावकहरुको आकर्षण पनि बढेको अभिभावकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित