सिङ्गौलमा कृषकहरुलाई एकदिने जैविक विषादी सम्बन्धी तालिम सम्पन्न

472
SHARES
621
VIEWS

बसन्त लामा/सिंगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर २ सिङ्गौलमा कृषकहरुलाई एकदिने जैविक विषादी सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा नम्बर २ का वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको नारा थियो “हाम्रो नगर हाम्रो शान स्मार्ट सिटी हाम्रो अभियान” भन्ने मुल नारा रहेका थिए । उक्त तालिमको उदघाटन निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्गले प्रमुख आतिथ्यताको असन गरेकी थिइन ।

तालिममा रासायनिक मल प्रयोग गर्दा केहि मात्रमा समयको लागि वाली सप्रेपनी रासायनिक मल र विषादी प्रयोगले जन र धनमा फाईदा नहुने भएकाले जैविक विषादी प्रयोग गर्नु पर्ने र प्राङगारिक मल उतोआदनगरी प्रयोग गर्नु पर्ने उपमेयर थिङ्गले बताएकी छिन । त्यस्तै निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष पुष्कर खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले मन्तव्य राखेका थिए ।
तालीमको अतिथिमा वडा नम्बर २ को कार्यवाहक अध्यक्ष पुस्कर खडका, सदस्य धनबहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमलसिना, वडा शदस्य बुर्गानमाया वल, जितबहादुर लोप्चन, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन वडा सदस्य कन्तलाल धामीलगायत उपस्थित रहेका थिए ।
कार्यक्रमको तालिम कलैयाका कृषि वाली संरक्षण अधिकृत सम्मसुल्लक मियाँ दर्जिले दिएका थिए । विषादी प्रयोग गर्दा शरीरमामा विभिन्न किसिमको असर देखा पर्ने र उक्त लक्षणबाट बच्नका निम्ती प्राङगारीक मल उत्पादन गर्ने लगायतको तालिम दिएका थिए । कार्यक्रमा सिङ्गौलको प्रत्यक वडाबाट १०/१० गरि ३० जनाको स्थानीय कृषकहरुले सहभागिता जनाएका थिए ।
निजगढ नगरपालिका कृषि शाखाको आयोजनामा जैविक विषादी सम्बन्धित एकदिने तालिम गरिएको हो । आइतबार भएको कृषि सम्बन्धित कार्यक्रमको संचालन भने कृषि प्राविधिक रुपा पराजुलीले गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित