उमेश घलान/बारा । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङ बाराले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । शनिबार बारा घेदुङको आयोजनामा आयोजित मन्जु श्री २८६० औं सोनाम ल्होछारको अवसरमा त्यस सम्बन्धि जानकारी गराएको हो ।
नेपाल तामाङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले सामाजिक मुद्दा सहितको राजनीतिक र विचार सहितको सामाजिक जागरण भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने बारा घेदुङका अध्यक्ष घलानले जनाएको हो । बारा घेदुङ अध्यक्ष घलानको अनुसार पहिलो चरणमा ताम्सालिङ जागरण अभियान निजगढमा तामाङ बसोबास रहेको १ देखि १३ वटा वडाहरुमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संगठन निर्माणको लागि बारा जिल्लामा विभिन्न समूहमा विभाजन गरी बाराका कार्य समितिका पदाधिकारी, भातृसंगठनका अध्यक्ष, प्रदेश समितिका सदस्य र अध्यक्षलाई जिम्मेवारी तोकिने बारा अध्यक्ष घलानले बताए । बारा अध्यक्ष घलानले भने “संगठन निर्माणको काम हामी केही दिन भित्र सक्ने योजनामा छौ, यदि लम्बियो भने चैत सम्म पुग्न सक्छ । त्यसपछि लगत्तै जागरण सभा सञ्चालन गरिने घलानले बताए ।
जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, प्रशिक्षण गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङ बाराले योजना बनाएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा सम्पन्न भएको मन्जु श्री संम्वत २८६० औं सोनाम ल्होछार सफल पार्न विषेश सहयोग गर्ने जितपुरसिमरा उपमहानगरपालिका, साम्तेलिङ्ग गुम्बा र वडा कार्यालयलाई धन्यवाद दिदै घेदुङ्ग अध्यक्ष घलानले सो कुरा बताएको हो ।
घलानले तामाङ्ग जागरण सम्बन्धि विचार व्यक्त गर्न चाहाना हुदा हुदा पनि उक्त दुई दिने सोनाम ल्होछार २८६० औं शुभकामना आदानप्रदान कार्यक्रम तथा बृहत संस्कृतिक कार्यक्रममा समयको अभावले व्यक्त गर्न नसकिएको समेत जानए । तामाङ्ग पछि पर्नुको मुख्य कारणहरु तामाङ्ग समुदायलाई बिस्तृत रुपमा जानकारी दिन नसकिएको बताए । अध्यक्ष घलानले आज्ञान्तका करण अन्य समुदायको तुलनामा तामाङ्ग समुदाय पिछडिएका समेत बताए । तामाङ्ग समुदायका तामाङ्ग घेदुङ्गको हाल १०१ सदस्यीय संघीय कार्य समिति रहेको छन भने ३७ सदस्यीय सचिवालय समिति रहेको छ । यसको देशभर तामाङ बसोबास रहेको ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा प्रदेश कार्य समिति, ४७ जिल्लामा जिल्ला कार्य समिति, २०० भन्दा बढी गाउँपालिका, नगरपालिकामा स्थानीय समितिहरु रहेका छन् । यसैगरी घेदुङको ८ वटा भातृ संगठन (महिला, युवा, विद्यार्थी, शिक्षक, लामा, संस्कृति, ताम्बा, बोन्बो) र १० वटा विभागहरु (भाषा, प्रकाशन, सूचना, खेलकुद, संगठन, पेशा ब्यसायी, मूल्याङ्कन, बुद्धिजीवी, पुरातात्विक र प्रवास समन्वय विभाग) रहेका छन् । त्यसैगरी विदेश स्थित एक दर्जन भन्द बढी मुलुकहरु क्रमश कुवेत, इजरायल, अमेरिका, बेलायत, मलेशिया, साउदी, दुबई, कतार, जापान, हङकङ, मकाउ, अष्ट्रेलिया, क्यानाडा, साईप्रस, इराक, बहराईनमा प्रवास समिति तथा घेदुङको सम्बन्धन प्राप्त गरेका आवद्ध तामाङ संस्थाहरु रहेका छन् ।
आफ्नो मातहतको संगठनहरु र त्यसमा रहेका जनशक्तिलाई सक्रिय तुल्याउन संघीय कार्यालय तथा सचिवालयका सदस्यहरु जिल्ला, गाउँ तहसम्म जानुका साथै विदेशमा रहेको संस्थाहरुलाई समेत घेदुङले समय समयमा प्रशिक्षण, छलफल, अन्तरक्रिया, गोष्ठी, सभाको माध्यमबाट सचेतना कार्यक्रम हालसम्म सञ्चालन गर्दै आएको छ । नेपाल तामाङ्ग घेदुङ्ग संघिय कार्यसमिति, संघीय सचिवालय र बारा घेदुङ्गको अनुसार यो अभियानको उद्देश्य ताम्सालिङ क्षेत्रका तामाङ बसोबास रहेको सबै स्थानीय तहहरुमा घेदुङको संगठन निर्माण गर्नु हो । यसैगरी सामाजिक, साँस्कृतिक तथा राजनीतिक मुद्दालाई उठाउँदै तामाङ एकतामा जोड दिने, ताम्सालिङ पहिचान र अधिकारमुखी आन्दोलनमा स्थानीय तहबाटै जनमत सिर्जना गर्ने, घेदुङको कार्यकर्ता र अन्य तामाङ युवाहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धिमा जोड दिने साथै तामाङ समुदायको एकमात्र राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङलाई तामाङको सुःखदुःखको साथी संस्था र साझा संस्थाको रुपमा विकास गर्दै लाने यो अभियानको उद्देश्य रहेको जनाएको छ ।






















Discussion about this post