बारा । नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ चारघरेमा आगलागी पीडित परिवारलाई शुक्रवार राहत का सामग्री प्रदान गरेको छ ।
रेडक्रस सभापती रुद्र धिताल र सचिव मोहनवहादुर डिसीले आगालागी पीडित हिरावहादुर तिमल्सिनाको घरमै पुगेर एक सेट भाँडावर्तनसहित त्रिपाल, झुल, वाल्टिन, लत्ताकपडा, कम्बललगायतका सामाग्री हस्तान्तरण गरेका हुन ।
गत विहीवार राति विधुत सर्ट हुँदा भएको आगलागीबाट तिमल्सिनाको घरमा राखिएको खाद्यान्न, लत्ताकपडा र फर्निचरसहितका सामन जलेर नष्ट भएको थियो । सामग्री सहयोग गर्ने क्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य मिना चौरेललगायतको उपस्थिति रहेको थियो यसैबीच नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले नयाँ सदस्यता सधै खुल्ला रहेको जानकारी गराएको छ ।
सभापती धितालले एक सूचना जारी गर्दै रेडक्रस सोसाइटीको सवैखालको सदस्यता सधैभरि नै खुल्ला रहने जानकारी गराउदै तोकिएको शुल्क, स्वमसेवक प्रतिवद्धता पत्र, नेपाली नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटोसहित सदस्यताको लागि कार्यालयमा आवेदन गर्नसकिने जनाएको हो । सभापती धितालले आजीवन सदस्यको लागि १ हजार २५, विशिष्ठ सदस्यको लागि २५ हजार र यशंस्कर सदस्यको लागि १ लाख रुपैया शुल्क लाग्ने र राष्ट्रिय वाणिज्य वैज्ञको निजगढ शाखामा रहेको रेडक्रस सोसाइटीको खाता नम्वर १२९०१०००००६७७००१ मा रकम जम्मा गरेको भौचरसहित कार्यालयमा आवेदन गर्नुपर्ने वताभएको छ ।






















Discussion about this post