जब हिरा दोङ्ग आफ्ना गीत सुनाउन मञ्चमा देखा परे

644
SHARES
848
VIEWS

बारा । तामाङ्ग एवम् पप गायक हिरा दोङ्ग उत्साहित ‘मुड´ मा प्रस्तुत भएका थिए । गितको बोल शब्द थियो ल्याङ ल्याङ नगर ।
नेपाल तामाङ्ग घेदुङ्ग समन्वय समितिको आयोजनामा शनिबार रामनगर खेलमैदानमा उनले आफ्नो गीत प्रस्तुती दिएका हुन् ।

स्थानीय दर्शकहरू कलाकारहरुको गीत सुन्न प्रतीक्षामा उपस्थित थिए। उत्साहित मुड्मा दोङले आफ्ना चर्चित गीतहरू हजारौं  मान्छेहरूमाझ भिम्फेदी हुँदैलगायतका केही गीतहरू प्रस्तुत गरेका थिए ।
दोङलाई साथ दिन मञ्चमा उपस्थित उदघोषक र उदघोषिकाले एउटै लयमा ताली पिड्दै सेल्फी गीत प्रस्तुत गरे ।  जनचेतना जगाउने आभियानमा दोङ नेपाल तामाङ घेदुङ बारा जिल्ला समन्वय समितिका जिल्ला सचिव समेत हुन ।
उनी अब्बल समाजसेवीसहित अब्बल गायक पनि हुन् । मन्जु श्री सम्बत २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित