उमेश घलान/बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरस्थित खेल मैदानमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराको आयोजनामा भएको दुई दिने कार्यक्रम माघ २० शनिबार सम्म सञ्चालन भएका थिए ।

बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानको सभापतित्वमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि नेपाल तामाङ्ग घेदुङ्ग संघिय उपाध्यक्ष रामकृष्ण लामाले पानसमा दिपप्रज्वलनगरी उदघाटन गरेका थिए ।

मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्गको अवसरमा दुई दिने कार्यक्रम विभिन्न संस्कृतिक र विभिन्न क्षेत्रबाट घेदुङ्गलाई सहयोग गर्ने संस्थाहरुलाई मायाको चिनोले सम्मानितका साथ सम्मान गरि सम्पन्न गरेको हो । कार्यक्रममा स्थानीय कलाकारसहित राष्ट्रिय ख्यतिप्राप्ता कलाकारहरुले प्रस्तुती दिएका छन् । जसमा चर्चित गायक विशाल काल्तान, तामाङ्ग सेलो गायिका जितु लोप्चन, सेलो जगतमा राम्रो छवि बनाएका गायक साम्तेन मोक्तान, पछिल्लो समय ख्यती कमाउन सफल गायक हिरा दोङ्ग र तामाङ्ग गायक केशरसिं मोक्तानलगायतले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा संघीय संसद ज्वालाकुमारी साह, रविन्द्रदास श्रेष्ठ, निरबहादुर थिङ्ग, श्याम लामा,मणि लामा, राजकुमार डिम्डुङ्ग । त्यसतै नेपाल तामाङ्ग घेदुङ्ग केन्द्र सदस्य सविना घिसिङ्ग नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश अध्यक्ष यमलाल लामा प्रदेश सदस्य सन्जिव लोप्चन, निजगढ नगरपालिकाकि उपप्रमुख सोममाया थिङ्ग, बेनीबहादुर मोक्तान, जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष भिमबहादुर गङ्तान, पेमासिद्दी लामा निजगढ नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष टेकबहादुर लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर गङतान र दिलबहादुर थिङ्गलगायतले शुभकामना व्यक्त गरेका थिए । नेपाल तामाङ घेदुङ बारा जिल्ला समन्वय समितिका उपाध्यक्ष तिलक जिम्बाले स्वागत र तिर्थ तामाङ, सुमित्रा वाईवाले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यसतै कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग केन्द्र सदस्य सविना घिसिङ्ग नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश अध्यक्ष यमलाल लामा प्रदेश सदस्य सन्जिव लोप्चन, निजगढ नगरपालिकाकि उपप्रमुख सोममाया थिङ्ग, बेनीबहादुर मोक्तान, जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष भिमबहादुर गङ्तान, पेमासिद्दी लामा निजगढ नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष टेकबहादुर लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर गङतान दिलबहादुर थिङ्गलगायतका सहभागी रहेका थिए ।






















Discussion about this post