उमेश घलान/बारा । सेलो जगतमा आफ्न छुट्टै उच्च पहिचान बनाएका राष्ट्रिय कलाकार विशाल काल्तनले लगभग आधादर्जन जति गीत गाएर आफ्ना स्रोता र दर्शकलाई खुशी दिलाएका थिए । काल्तानले केही आफ्ना बहुचर्चित ख्यतिप्राप्त गीतहरू गाएका थिए ।

त्यस्तैगरी अर्की गायिका जितु लोप्चन स्टेज उक्लिदा चहकिलो उज्यालो ठूल्ठूला लाइट । झल्याक र झुलुक । शनिबार साँझ बारा रामनगरको खेलचौरभरि संगीत पारखीको ठूलो सागर थियो । अग्लो स्टेजमा जब गायिका जितु लोप्चन चढिन त्यसपछि सुरू भयो तालीको गडगडाहटको वर्षा ।
जब गायिका लोप्चनले गाउन थाले ‘क्याम्साङ गैरीला आङीला झामे नक्कली ’ । दर्शकदीर्घाबाट पनि आवाज आउँथ्यो, ‘कदोमी ख्लाङ्बा रुलुलु’ । गायिका लोप्चनको आवाजमा चौरमा उपस्थित भएका हजारभन्दा बढी दर्शकले आवाज मिसाए ।
गायिका लोप्चन स्टेजमा गीत गाइरहेकी हुन्थिन, चौरभरि छरिएका दर्शक नाच्दै उनलाई साथ दिइरहेका हुन्थे । दर्शकको आवाजले मञ्चको ध्वनिलाई समेत चुनौती दिइरहेको हुन्थ्यो । 
एक वर्षअघि गायिका लोप्चनले निजगढको सिङ्गौलमा दर्शक नचाएका थिए । २०७९ मा निजगढको सिङ्गौलमा दर्शक नचाएका लोप्चनले यसपटक सोही जिल्लाको रामनगरको खेलचौरमा दर्शक नचाए । त्यो पनि हजारभन्दा बढी दर्शकलाई एकसाथ झुमाए ।
गायक लोप्चनले गीत गाएपछि केहि वर्ष पुरानो गीतलाई उतारे । गीत थियो ‘हेन्सम हेन्सम सम्धीलाई भेट’ । लोप्चनको यि हिट गीतहरु थियो ।























Discussion about this post