उमेश घलान/बारा । दिनको ४ बजिसकेको थियो । चिसो बढ्दै थियो । दर्शहरु गायक तथा गायिकाको प्रतीक्षामा थिए । उद्घोषकले बोलाएपछि रेश्मा बोम्जन मञ्चमा उक्लिए । दर्शकदीर्घाबाट ताली बज्यो । चिसो मौसम, मिरमिरे साझमा रेश्मा बोम्जनले केही भूमिका बाँध्दै सुरु गरे, ‘आखेले डम्फु बजाउदै…….।’
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा सजिएको मञ्चमा उनले गीत गाइरन र गाइरहँदा दर्शकहरु मस्त झुम्दै थिए । त्यतिबेला बोम्जनले थपे, ‘म्हेन्दोमाया……..।’ उनको आवाजलाई दर्शकले छोपिरहेका थिए । मञ्चमा गायिका रेश्मा एक्लै थिईन । उनको तेस्रो प्रस्तुति थियो, ‘कोइरालो काठे…….।’
यो गीत गाउँद उनले दर्शकधिर्घ तर्फ माइक लम्काईन । र बोम्जनले थपे, ‘मुगाको माला……।’ गीत गाउँदा दर्शकदीर्घा उनीछेउ झुम्मिए । दर्शकले पनि गीत छोपे ।
उनले गीत गाउँदा बीचमा दर्शकहरु पनि नचिरहेका थिए । उनिसंगै ख्यातिप्राप्त कलाकारहरु रोज मोक्तान, साम्तेन मोक्तानलगायतले आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।






















Discussion about this post