सिमरा, बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ बाट तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका गरिमा चौधरीको शव मंगलबार साँझ एक सुनसान घरभित्र फेला परेपछि घटनाको विरोधमा बुधबार सिमरामा प्रदर्शन गरिएको छ ।
बालबालिका तथा महिला अधिकारकर्मीहरूले बालिकाको मृत्युको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै वीरगन्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण केही समय सडकमा यातायातसमेत ठप्प भएको थियो ।
प्रदर्शनकारीहरूले ‘अपराधीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
प्रदर्शनकारीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता जघन्य घटनाको पुनरावृत्ति रोक्न राज्य गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन् ।






















Discussion about this post