ट्राफिक प्रहरीलाई सचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण

385
SHARES
506
VIEWS

बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले मातहतका ट्राफिक प्रहरीलाई ट्राफिक सचेतना सम्बन्धि अभिवृद्धि तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरेको छ । कार्यालय परिसर निजगढमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीको सहभागिता थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा सर्वसाधारणमा ट्राफिक नियम पालनासम्बन्धी चेतना विस्तार गर्ने विषयमा अभिमुखीकरण दिएका थिए ।

भट्टराईले ट्राफिक नियम कार्यान्वयन गराउने क्रममा ट्राफिक प्रहरीको भूमिका, कार्यालयबाट जारी भएका नीति तथा निर्देशन, सडक दुर्घटना न्यूनीकरणका उपाय, चालक तथा यात्रुलाई सचेत गराउने तरिका र जनचेतनामूलक कार्यक्रम सञ्चालनलगायत विषयमा प्रहरीलाई निर्देशन दिएका थिए ।

अभिमुखीकरणमा TVRS सम्बन्धी अनुशिक्षण समेत दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा खटिने ट्राफिक प्रहरीले नियम उल्लंघनमा कारबाही गर्ने मात्र नभई दुर्घटना रोकथाम र सडक प्रयोगकर्तालाई सचेत गराउने भूमिकालाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

प्रहरी निरीक्षक भट्टराईले ट्राफिक नियम कार्यान्वयनसँगै सर्वसाधारणमा सचेतना बढाउन जिल्लाका विभिन्न सडक तथा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सक्रियतासँगै चालक, यात्रु, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको व्यवहारमा सुधार आवश्यक छ ।

जिल्लामा बढ्दो सवारी चापसँगै दुर्घटनाको जोखिमसमेत बढिरहेको अवस्थामा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा प्रभावकारी बनाउन प्रहरीलाई नियमित रूपमा अभिमुखीकरण तथा अनुशिक्षण आवश्यक रहेको सहभागी प्रहरीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित