निजगढमा सद्भाव र्‍याली सम्पन्न, शान्ति र सामाजिक एकताको सन्देश

397
SHARES
522
VIEWS

निजगढ, बारा । शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बिहान निजगढमा आयोजना गरिएको सद्भाव र्‍याली रूपमा सम्पन्न भएको छ ।
सहिदचोकबाट सुरु भएको र्‍यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, धार्मिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले राष्ट्रिय झण्डासहित शान्ति, सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको पक्षमा नाराबाजी गर्दै सहिद चोक देखि बुद्ध चोक सम्म पैदल र्‍याली गरेका थिए ।
कार्यक्रमका संयोजक दीपक सापकोटाले समाजमा बढ्दो विभाजन, असहिष्णुता र तनावलाई अन्त्य गर्दै सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहकार्यको वातावरण निर्माण गर्न यस्ता अभियान आवश्यक रहेको बताए । उनले विविधतामै नेपालको सुन्दरता रहेको उल्लेख गर्दै सबै नागरिकलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरे ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी महेश्वर अधिकारीले गरेका थिए । उनले शान्तिपूर्ण सहअस्तित्व, धार्मिक सहिष्णुता र सामाजिक एकता लोकतान्त्रिक समाजका आधारस्तम्भ भएको उल्लेख गर्दै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे ।
सर्वपक्षीय सद्भाव समूह, निजगढ (बारा) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई युथ अफ निजगढ लगायतका विभिन्न संघ/संस्थाको सहभागिता रहेकाथिए । कार्यक्रमले शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्दै सफलतापूर्वक समापन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित