सिमरा । आदिवासी जनजाति समुदायका सञ्चारकर्मीहरूको पेशागत दक्षता, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुक्रबारदेखि बाराको सिमरामा सुरु भएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण, जनकपुरधामको आयोजनामा तथा आदिवासी जनजाति पत्रकार महासङ्घ, मधेश प्रदेशको समन्वयमा सिमरास्थित होटल क्लासिकमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका आदिवासी जनजाति समुदायका सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सहभागीलाई समाचार लेखन, सम्पादन, पत्रकारिताको व्यावसायिक आचारसंहिता, डिजिटल सञ्चार, सञ्चार क्षेत्रमा देखिएका समसामयिक चुनौती तथा जिम्मेवार पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ ।
आमसञ्चार प्राधिकरणका अनुसार समावेशी सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्दै आदिवासी जनजाति समुदायका सञ्चारकर्मीहरूको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम तिन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।






















Discussion about this post