निजी सञ्चारमाध्यममाथि सरकारको विभेदपूर्ण व्यवहार : बन्जरा

385
SHARES
507
VIEWS

सिमरा । निजी संचारमाध्यम माथि सरकारले विभेद पुर्ण व्यवहार गरेको नेपाल पत्रकार महासंघ मधेस प्रदेशकाका अध्यक्ष शयाम बन्जराले बताएको छ । बन्जराले मसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा आदिवासी जनजाति पत्रकारको क्षमता वृद्धि तालिमको अवसरमा यस्तो बताएको हो ।  महासङ्घको समन्वयमा सिमरास्थित होटल क्लसिकमा आयोजित आदिवासी जनजाति सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम आयोजना गरेका थिए । कार्यक्रममा अध्यक्ष बन्जराले सरकारी विज्ञापन वितरण नीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष बन्जराले सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित गरेको भन्दै आपत्ति जनाए । उनले यस्तो नीतिले निजी सञ्चारमाध्यमहरूलाई कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि प्रतिकूल असर पर्ने बताए ।
“जुन सञ्चारमाध्यमले जनताको आवाजलाई जनतामाझ पुर्‍याउँदै आजका शासकहरूलाई सत्तासम्म पुर्‍याउन भूमिका खेले, अहिले तिनै सञ्चारमाध्यममाथि सरकारले लात हानेको छ,” उनले भने।ल ।

बन्जराले सरकारलाई उक्त नीति तत्काल सच्याउन आग्रह गर्दै समान र न्यायोचित ढङ्गले सरकारी विज्ञापन वितरण गर्नुपर्नेमा जोड दिए । साथै, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र सबल सञ्चारमाध्यमको संरक्षण अपरिहार्य रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित