आफ्नो जन्मदिनमा अरूको भान्सामा खुसी भर्दै सानुमाया

393
SHARES
517
VIEWS

निजगढ धेरैका लागि जन्मदिन केक काट्ने, शुभकामना साट्ने र रमाइलो गर्ने अवसर हुन्छ । तर सानुमाया थिङ्ग गोलेका लागि जन्मदिन भने अरूको जीवनमा खुसी थप्ने दिन बनेको छ ।

जन्मदिनको अवसरमा उनले निजगढ नगरपालिका–११ का एक विपन्न परिवारलाई चामल, दाल, तेल लगायत दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिन् । सहयोग प्राप्त परिवारका सदस्यहरूको अनुहारमा देखिएको मुस्कानले नै उनको जन्मदिनलाई विशेष बनायो ।

गोलेले आफ्नो व्यक्तिगत खुसीलाई समाजसेवासँग जोड्दै जन्मदिनका अवसरमा गरिब, असहाय तथा आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्य रहेको बताईन । उनकालागि जन्मदिन खर्च र प्रदर्शनको विषय होइन, मानवता र सेवाको भावना अभिव्यक्त गर्ने अवसर हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेमासंघ (क्रान्तिकारी) निजगढ नगर कमिटीकी पदाधिकारमा आबद्ध रहेकी गोले सामाजिक तथा सामुदायिक क्षेत्रमा परिचित नाम हुन् । विद्यालय व्यवस्थापन समितिको सदस्यदेखि सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएकी उनी समाजका विभिन्न क्षेत्रमा सक्रिय छिन् ।

सामाजिक र राजनीतिक यात्राका क्रममा अनेकौं संघर्ष पार गरेकी गोलेले समाजसेवालाई आफ्नो जीवनको मूल मन्त्र बनाएकी छन् । यही सोचका कारण उनी हरेक अवसरलाई समाजका दुःखी र अभावग्रस्त व्यक्तिहरूसँग जोड्ने प्रयास गर्छिन् ।

आजका दिनमा जन्मदिनहरू भड्किलो र खर्चिलो बन्दै गइरहेका बेला सानुमाया गोलेको यो कार्यले फरक सन्देश दिएको छ । उनको यो पहलले जन्मदिनको वास्तविक अर्थ केवल आफ्नो खुसीमा सीमित नरही अरूको जीवनमा आशा र मुस्कान बाँड्नु पनि हो भन्ने सन्देश प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित