निजगढ । “योगदान राष्ट्रको लागि संस्था” निजगढको प्रथम साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सभाले संचारकर्मी महेश्वर अधिकारी सर्व सहमतिले चयन गरेको हो । अधिकारीको अध्यक्षतामा नयाँ ९ कार्यसमिति चयन गरेको हो ।
करिब ९ महिनाअघि सरस्वती चौलागाईको नेतृत्वमा गठन भएको तदर्थ समितिको आयोजनामा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ चयन भएको समितिको उपाध्यक्षमा भावना सुनार, सचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा जानुका अधिकारी र सह–सचिवमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यमा लक्ष्मी भण्डारी, नेत्रकुमारी थापा, शुभद्रा उप्रेती र बेगबहादुर थापा चयन भएका छन् ।
११ सदस्यीय कार्यसमितिमा बाँकी दुई सदस्य आगामी बैठकले मनोनयन गर्ने निर्णय साधारण सभाले गरेको छ ।
साधारण सभामा संस्थाका केन्द्रीय सदस्य रामकृष्ण घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।





















Discussion about this post