निजगढमा शनिबार–आइतबार सार्वजनिक बिदा

409
SHARES
538
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिकाले सेवा प्रवाहसम्बन्धी नयाँ सूचना जारी गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै कार्यालय समय परिवर्तन गरेको जनाएको छ । नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम अब कार्यालय तथा मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा नयाँ समय तालिका लागू हुने भएको हो ।

सूचनामा उल्लेख भएअनुसार २०८२ साल चैत २३ गते सोमबारदेखि लागू हुने गरी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गरिनेछ । यसअघि फरक समयअनुसार सञ्चालन हुँदै आएका सेवाहरू अब एकरूपताका साथ नयाँ तालिकामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, नयाँ निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा रहने व्यवस्था गरिएको छ । यसले कर्मचारी तथा सेवाग्राही दुवैलाई समय व्यवस्थापनमा सहजता हुने विश्वास लिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरू तथा सम्बन्धित शाखाहरूलाई जानकारी गराउँदै सोअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाले सेवाग्राहीलाई नयाँ समय तालिकाबारे जानकारी राखी आवश्यक सेवा लिन अनुरोध गरेको छ । साथै, सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउन यो निर्णय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित