निजगढ, बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ मा रहेको बुद्धज्योती सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा बुद्धिलाल तितुङ सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न आमभेलाले तितुङलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जितबहादुर स्याङ्तान, सचिवमा सोनी घलान, सहसचिवमा टिकाराम थोकर र कोषाध्यक्षमा दुर्गादेवी भण्डारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा आनन्द लुङ्बा तिर्थकुमारी गोङ्बा, रविना लुङ्बा र विक्रम गोले रहेका छन् ।
समितिको सल्लाहकारमा भने देवराज खनाल, सिताराम खतिवडा, युवक मोक्तान, सोनम सिंह गोले, अवतार वाईबा, ज्ञानबहादुर दोङ र कृष्णप्रसाद धमला चयन भएका छन् ।
समूहका अध्यक्ष ज्ञानबहादुर दोङको अध्यक्षतामा सम्पन्न आमभेलामा रतनपुरी सव–डिभिजन वन कार्यालयका प्रमुख कपिलदेव प्रसाद यादव प्रमुख अतिथि रहेका थिए ।
त्यसैगरी अतिथिहरूमा निजगढ नगरपालिका वडा नम्बर १२ का वडा सदस्य चन्द्रमान तामाङ, फेकोफन निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल, समूहका पूर्व अध्यक्ष अवतार वाईबा, सोनम सिंह गोले तथा जनमुखी सामुदायिक वनका अध्यक्ष सुरेशराम गुरो लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कपिलदेव प्रसाद यादव, धनबहादुर खुलाल, सोनम सिंह गोले, पूर्व अध्यक्ष अवतार वाईबा लगायतले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपभोक्ताको भूमिकाबारे महत्वपूर्ण मन्तव्य व्यक्त गर्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


















Discussion about this post