चोरी शिकारीमा वेरोजगारी युवालाई तस्करले प्रयोग गर्न सक्छन् : उपप्रमुख थिङ्ग

463
SHARES
609
VIEWS

बारा । निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले चोरी शिकारीजस्ता आपराधिक गतिविधिमा गाउँघरका सोझा तथा बेरोजगार युवालाई तस्करहरूले प्रयोग गर्न सक्ने जोखिम रहेको बताएकी छिन् । उनले यस्ता गतिविधि नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र सक्रियता बढाउन आवश्यक रहेको औंल्याइन् ।

मानव वन्यजन्तु सह-अस्तित्व कायम तथा संरक्षण सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सि.वि.ए.पि.यु.का पदाधिकारी र सामुदायिक वनका सक्रिय युवाहरूका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

निजगढ नगरपालिका–८ स्थित होटल तारा ईनमा बुधबारबाट सुरु भएको तालिम पशुपति सामुदायिक वन उपभोक्ता समूह, निजगढ–१२ (कोलगाउँ) को आयोजनामा भइरहेको छ । कार्यक्रमको सहकार्य तराई भू–परिधि तथा संरक्षण कार्यक्रमले गरेको छ ।
तालिममा पर्सा राष्ट्रिय निकुञ्जका सहायक अधिकृत सन्तोष भगत, डिभिजन वन कार्यालय सिमराकी अधिकृत वर्षा लामा, तराई भू–परिधि तथा संरक्षण कार्यक्रमका सुपरभाइजर युवराज घतानी र रौतहट फेकोफनका अध्यक्ष वेदरी दाहालले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम पशुपति सामुदायिक वन उपभोक्ता समूहका सिविएपियु अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा सुरु भएको हो । उद्घाटन सत्रमा प्रमुख अतिथि थिङ्गले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित