दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता : वडा ७ र वडा १३ उपाधिका लागि भिड्ने

451
SHARES
593
VIEWS

निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. ७ र वडा नं. १३ आमनेसामने हुने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनल खेलबाट दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनलमा वडा नं. ७ ले वडा नं. ९ लाई पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दियो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा वडा नं. ७ ले ४–३ गोल अन्तरले बाजी मार्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो । खेलको ‘म्यान अफ दि म्याच’ वडा नं. ७ का जर्सी नम्बर १० का राम अर्याल घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीका आमा कमला रेग्मी र वडा नं. ७ का वडाध्यक्ष टेकबहादुर लामालगायतले ट्रफी प्रदान गरेका थिए ।
दोस्रो सेमिफाइनलमा वडा नं. १३ ले वडा नं. १० लाई सडनडेथमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा वडा नं. १३ ले ६–५ गोल अन्तरले जित हात पार्‍यो । उक्त खेलका ‘म्यान अफ दि म्याच’ विजेता टोलीका अनिश गोङ्गवा घोषित भए । उनलाई कमला रेग्मीलगायतले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताका दुवै खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी र रियाजुल स्लाम, सहायक रेफ्री राजु चौधरी तथा फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए ।
शनिबार (१६ गते) हुने फाइनलअघि दिउँसो २ बजे महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिनेछ । फाइनल खेल दिउँसो ३ बजे निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित