निजगढमा नेकपाको घरदैलो अभियान, मतदातामा परिवर्तनको अपेक्षा

462
SHARES
608
VIEWS

निजगढ, बारा । बाराको क्षेत्र नं. १ अन्तर्गत पर्ने निजगढ नगरपालिका वडा नं. १०, ११, १२ र १३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सञ्चालन गरेको चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।

अभियानका क्रममा स्थानीय मतदातामा उत्साह देखिनुका साथै यसपटक संसदीय निर्वाचनमा स्पष्ट निर्णयका साथ नेता छनोट गर्ने तयारी रहेको उनीहरूले बताएका छन् ।

निजगढको उत्तरी भेगमा पर्ने लाल, रतनपुर, बोङ्गजोर, कोलगाउँ र भक्तलाल क्षेत्रका स्थानीय बासिन्दाहरूले विगतमा पटक–पटक फरक–फरक राजनीतिक दललाई जिताएर पठाउँदा पनि अपेक्षाअनुसार विकास, रोजगारी र जनसरोकारका मुद्दा ओझेलमा परेको गुनासो गरेका छन् । ‘अब पुरानै अनुहार हेरेर फेरि पछुताउने अवस्था चाहिँ छैन,’ एक स्थानीय मतदाताले भने, ‘यसपटक काम गर्न सक्ने र जनताको पीडा बुझ्ने नेतृत्व रोज्ने मनस्थिति बनेको छ ।’
घरदैलोका क्रममा नेकपाले गरिब, निमुखा, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित सुकुम्बासीका समस्या समाधानलाई प्राथमिक एजेन्डा बनाएको जनाएको छ । स्थानीयका अनुसार यी समुदायको वास्तविक समस्या बुझ्ने दल र उम्मेदवारको रूपमा नेकपा प्रस्तुत भएपछि जनताको विश्वास बढेको हो । नेकपा अहिले चुनाव चिह्न तारा छाप लिएर मतदाताको घरदैलोमा पुग्दै आफ्ना नीति तथा कार्यक्रमबारे जानकारी गराइरहेको छ ।

यस निर्वाचनमा युवाको चाहना र आम नागरिकको अपेक्षालाई मध्यनजर गर्दै युवा नेता तथा समाजसेवी सन्तोष दंगाल उम्मेदवार बन्दै जनताको माझ घरदैलोको मैदानमा उत्रिएका छन् । दंगालले घरदैलोका क्रममा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित सुकुम्बासी, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् ।

उम्मेदवार दंगालले मधेस प्रवाहसंग कुरा गर्दै भने ‘राजनीति पद र पहुँचको साधन होइन, जनताको जीवन परिवर्तन गर्ने माध्यम हुनुपर्छ,’ उनले भने ।
घरदैलो अभियानका क्रममा स्थानीय महिलाहरू, युवाहरू तथा वृद्धवृद्धासँग गरिएको छलफलमा विकासका अधुरा योजना, भूमि समस्या, खानेपानी र सडकजस्ता आधारभूत विषयमा व्यापक चासो व्यक्त गरिएको थियो । नेकपाले ती सबै विषयलाई आगामी कार्यदिशामा समेट्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित