नेकपा बारा–१ मा अगुवा कार्यकर्ता भेला सम्पन्न, १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

385
SHARES
506
VIEWS

निजगढ, बारा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं. १ का अगुवा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ ।

निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा भएको भेलाले बारा क्षेत्र नं. १ का इन्चार्ज देवराज घिमिरे (रमण) को संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा संगम लोप्चन र अरुणा विक चयन भएका छन् । भेलामा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क अभियान, निर्वाचन रणनीति तथा परिचालनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई घर–घरमा पुर्‍याउँदै निर्वाचनमा एकताबद्ध रूपमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

नवगठित निर्वाचन परिचालन समितिले बारा क्षेत्र नं. १ भित्र चुनावी गतिविधिलाई व्यवस्थित बनाउँदै पार्टीलाई निर्वाचनमा मजबुत रूपमा अघि बढाउने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित