एमाले बाराका ४ वटै क्षेत्रमा दोहोरीए उम्मेदवार

386
SHARES
508
VIEWS

बारा । नेकपा  एमालेले बाराको चारवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुङ्गेको छ ।

एमालेले चारवटै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएका र संविधानसभा निर्वाचित भएका नेतालाई उम्मेदवार बनाएको हो ।

पार्टीको निर्णय अनुसार क्षेत्र नम्बर १ मा निवर्तमान सांसद अचुत मैनाली, क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य बलबीर चौधरी, क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवं निवर्तामान सांसद ज्वाला कुमारी साह र क्षेत्र नम्बर ४ मा निवर्तमान सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई टिकट पाएका छन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्दै २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मैनाली निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ मा भने राम सहायप्रसाद यादव जसपा पार्टीबाट निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति भएपछि स्थान रिक्त भएपछि उपनिर्वाचन भएको थियो । त्यहाँ जसपा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । त्यहाँ नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार बनेका थिए । उनी तेस्रो भएका थिए ।

क्षेत्र नम्बर ३ मा जसपाका रामबाबु कुमार यादवलाई पराजित गर्दै साह निर्वाचित भएकी थिईन् ।

क्षेत्र नम्बर ४ मा नेकपा एसका उम्मेदवार रहेका किसान श्रेष्ठ अघिल्लो निर्वाचनमा नेकपा एमालेका राम एक बाल मियालाई पराजित गर्दै निर्वाचित भएका थिए । उनी हालै मात्र नेकपा एस छाडेर पुन नेकपा एमालेमै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित