लोकप्रिय साकोसको १६औँ साधारण सभा सम्पन्न

394
SHARES
519
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिका–७ मा अवस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ सम्पन्न साधारण सभामा सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक अवस्था, सदस्य संख्या विस्तार, बचत तथा ऋण कारोबार र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

त्यस्तैगरि लेखा समितिका तर्फबाट पार्वती अधिकारीले आर्थिक वर्षको आय–व्यय विवरण तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिन् । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा आयकर कट्टीपछिको खुद नाफा ३९ लाख ६८ हजार ४ सय ३० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी कोषाध्यक्ष अन्जु नेपालीले आर्थिक वर्ष ०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईंले सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा सदस्यहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीलाई आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
साधारण सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गर्नुका साथै आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

यसपटक साधारण सभा अघिल्ला वर्षभन्दा फरक शैलीमा सम्पन्न गरिएको सहकारीले जनाएको छ । सहकारी ऐनको पालना गर्दै अतिथि व्यवस्थापन तथा तामझाम नगरी केवल सदस्य केन्द्रित साधारण सभा आयोजना गरिएको संस्थाको भनाइ छ ।

सभामा उत्कृष्ट ऋणी तर्फ निजगढ–४ का अमरलाल सिन्तान, निजगढ–८ का अभिमन्यु कुमार न्यौपाने र सिङ्गोल शाखाका मिनकुमार राईलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता तर्फ निजगढ–६ का दिलिप यादव, निजगढ–७ का तिलकप्रसाद तिमल्सिना, निजगढ–६ का उत्तमप्रसाद आचार्य, सिङ्गोल शाखाकी ठुलीमाया श्रेष्ठ र निजगढ–७ का बद्रीनाथ श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।
अनिवार्य मासिक बचततर्फको शेयर सदस्य सम्मान निजगढ–६ का रविप्रकाश तिमल्सिनाले प्राप्त गरेका छन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लिला बन्जराले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष केदारप्रसाद गौतमले गरेका थिए भने संचालन सचिव लिला बन्जराले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित