बारा प्रहरीले सिङ्गौलका १० अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण

401
SHARES
527
VIEWS

सिङ्गौल बारा । बारा प्रहरीले चिसो मौसम बढ्दै गएपछि सिङ्गौल क्षेत्रका अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर २ अन्तर्गत सिङ्गौल भरतगंज अस्थायी प्रहरी चौकीका प्रमुख असई भाष्करराज शर्माले वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनको रोहवरमा १० अति विपन्न परिवारलाई कम्बल हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा कलैयाबाट प्राप्त सो न्यानो कपडा कम्बल असही शर्माले हस्तान्तरण गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष मंगले लोप्चनले प्रहरीद्वारा गरिएको मानवीय सहयोग सराहनीय रहेको बताउँदै भने, “जाडोको यो कठिन समयमा अति विपन्न परिवारका लागि न्यानो कम्बल अत्यन्त आवश्यक थियो । प्रहरी र स्थानीय तहबीचको सहकार्यले जनतामा सकारात्मक सन्देश गएको छ ।”

जाडोमा राहत पुर्‍याउने उद्देश्यले गरिएको कम्बल वितरणले स्थानीय स्तरमा प्रहरी–जनसम्बन्धलाई थप मजबुत बनाएको स्थानीयवासीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित