बसन्त लामा/सिङ्गौल । बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलमा रहेको ब्रम्हबाबा सामुदायिक वन उपभोक्ता समूह ११ वर्ष पछि नयाँ कार्यसमिति पाएको छ । एक दशकदेखि निष्क्रिय रहँदै आएको अवस्थामा रहेको सामुदायिक वनले बुधबारको आमभेलाबाट नयाँ कार्यसमिति पाएको हो ।
सिंगौल वडा नम्बर १ को बनस्थली हाटबजारमा सम्पन्न उपभोक्ता भेलाले सर्वसम्मत रूपमा सवुरन कछडियाको अध्यक्षतामा ११ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बुनु कुमारी तिमलसिना, सचिवमा राकेश लामा, कोषाध्यक्षमा सोपिला स्याङतानलाई चयन गरे भने सहसचिवमा बिना थोकर चयन भएकी छन् ।
त्यस्तैगरी कार्यसमितिका सदस्यहरूमा देवबहादुर मोक्तान, बुद्धबहादुर लोप्चन, तिलकबहादुर दमाई, जगरनाथ ठाकुर, रामेश्वर गुरो र रुपा श्रेष्ठ चयन भएका छन् ।
भेलाले अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समितिमा दावा लामा (बोम्जन), लालबाबु चौधरी र लक्ष्मी नारायण गुरो र वडा नम्बर १ का वडा सदस्य कन्तलाल धामी रहेका छन । त्यस्तैगरी कान्छालाल थोकर, समाजसेवी मानबहादुर योन्जन र कार्साङ मोक्तानलाई सल्लाहकारमा राखिएको छ ।लेखा समिति तर्फ भने सरल कुमार कछडिया, बिजरमान ब्लोन र सन्त ज्ञानेश्वर गुरो चयन भएका छन् ।
नयाँ कार्यसमिति चयन गर्नुमा निजगढ सब–डिभिजन वन कार्यालयकी प्रमुख शर्मिला नेपालको मुख्य भुमिका रहेको छ । सो अवसरमा प्रमुख नेपालले चयन भएका पदाधिकारीहरूलाई खादा तथा अबिर लगाएर स्वागत गरेकी थिइन् ।
एक दशकभन्दा बढी समयदेखि निष्क्रिय रहेको वन उपभोक्ता समिति पुनः गठन गर्न पौष महिनाको चिसोलाई बेवास्ता गर्दै स्थानीय उपभोक्ताहरू, वडा नम्बर १ का निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ब्रम्हबाबा सामुदायिक वन उपभोक्ता समूहमा हाल २ सय ५४ घरपरिवार आबद्ध रहेको स्थानीयवासी तथा वडा सदस्य कन्तलाल धामीले जानकारी दिएका छन् ।






















Discussion about this post