निजगढ नगरपालिकाद्वारा २४ युवालाई पोखरामा ४ महिने निःशुल्क सीप विकास तालिम

426
SHARES
561
VIEWS

बारा । निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले नगरपालिकाभित्रका २४ जना युवाहरूका लागि ४ महिनाको निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । पोखरा भ्याली टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्युट प्रा.लि., पोखराको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त तालिममा १७ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई पोखरामा आवासीय रूपमा प्रशिक्षण दिइनेछ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य गौतमद्वारा जारी सूचनाअनुसार इच्छुक तथा योग्य युवाहरूले आवेदन दिन सक्नेछन् । तालिम अन्तर्गत साधारण लेखपढ गर्न सक्ने १०/१० जनालाई सिकर्मी, सटरिङ्ग तथा डकर्मी, प्लम्बर र स्टिल फिक्सर सम्बन्धी तालिम प्रदान गरिनेछ ।

त्यसैगरी २/२ जनालाई इलेक्ट्रिकल तथा मोबाइल मर्मत, वैदेशिक इलेक्ट्रिकल र एडभान्स इलेक्ट्रिकल तालिम दिइनेछ । इलेक्ट्रिकल तथा मोबाइल मर्मत तथा वैदेशिक र एडभान्स इलेक्ट्रिकल तालिममा सहभागी हुन चाहनेहरूले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

मागभन्दा बढी आवेदन परेमा सर्टलिस्ट तयार गरी अन्तरवार्तामार्फत सहभागी छनोट गरिने नगरपालिकाले जनाएको छ । तालिममा छनोट भएका सहभागीहरूलाई निःशुल्क खाना तथा आवासको व्यवस्था गरिनुका साथै प्रत्येक महिना १ हजार रुपैयाँका दरले निर्वाह भत्ता र पोखरासम्म जाने तथा तालिमपछि निजगढ फर्कने गाडी भाडासमेत उपलब्ध गराइने सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित