ललितपुर । सानुराज (राज) घिमिरेको अध्यक्षतामा नेपाल उद्योग व्यापार महासंघ ललितपुरको ४१ सदस्यीय कमिटी गठन भएको छ ।
नेपाल उद्योग व्यापार महासंघ ललितपुरको मंगलबार महालक्ष्मीस्थानमा भएको दोस्रो अधिवेशनले घिमिरेको नेतृत्वमा ५ जना उपाध्यक्ष सहित १५ जना पदाधिकारी र २६ जना कार्यसमिति सदस्य रहेको कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्ष नारायण नेपाल, तिर्थ वहादुर लामा, महेश लामा, नवीन महर्जन र उषाकुमारी काफ्ले सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महासचिवमा अन्जन गौतम, उपमहासचिवमा राज कार्की, सचिवमा उपेन्द्र कलवार, सान्तबहादुर तामाङ र सञ्जय लामा चयन भएका छन् ।
कोषाध्यक्षमा बेलमती रोकाया, सहकोषाध्यक्षमा टिकाराम खगी र दिपक बुढा सर्वसम्मत हुन सफल भए ।
कार्यसमितिका लागि सदस्यमा चयन हुनेहरूमा सरोज राई, विकाशमान श्रेष्ठ, कृषु थापा, सुरेन्द्र तामाङ, नवराज सिलवाल, विनोद महर्जन, मिलन लामा, दिपु क्षेत्री, प्रकाश क्षेत्री, रञ्जु थिङ, दोर्जे तामाङ, रमेश बिसंखे, सुर्यबहादुर उपरकोटी, नवीन सिलवाल, संगीता विसंखे, सुन्दर लामा थिङ, प्रकाश तामाङ, कृष्ण सुनुवार, सानु तामाङ, झलक तामाङ,लक्ष्मण घिमिरे, चन्द्रमान घलान, चन्द्रमाया खत्री, निर्मल लामा, उषा परियार, र इन्दु महर्जन रहेका छन् ।






















Discussion about this post