सहरा मल्टिपर्पस साकोसको २२औँ वार्षिक साधारण तथा इकाई भेला सम्पन्न

413
SHARES
544
VIEWS

निजगढ । सहरा मल्टिपर्पस को-ऑपरेटिभ सोसाइटी लिमिटेडको २२औँ वार्षिक साधारण सभा एकाइ कार्यक्रम निजगढ सेवा केन्द्रको भेला सम्पन्न भएको छ ।
भेलामा संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद रौनियारको सभापतित्व रहेको थियो भने निजगढ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टेकबहादुर लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष, सञ्चालक समिति सदस्यहरू, शेयरधनीहरू, फिल्ड कार्यकर्ता तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त भेलामा संस्थाका सञ्चालक समिति सदस्य अबुल हसन नुरी, संस्थाको स्थापनाकालदेखि हालसम्म निरन्तर साथ–सहयोग गर्दै आएका हृदयनारायण साह विशिष्ट अतिथि रहेका थिए । त्यसैगरी सेवा केन्द्र निजगढका कार्यालय प्रमुख उमेश कुमार, कमल ब्रजगाईलगायतले मन्तव्य राख्दै सहकारी संस्थाको भूमिकाबारे चर्चा गरेका छन ।

अतिथिहरूले सहकारी संस्था आर्थिक समृद्धि, बचत संस्कार र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संस्थाले पारदर्शिता र विश्वसनीयता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अतिथिहरूलाई खादा ओढाई तथा टीका लगाई सम्मान गरिएको थियो ।

सभापति तथा प्रमुख अतिथीद्वारा राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । सभामा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा इमानदार सदस्यहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित