बारा । बाराको निजगढ-९ स्थित रहेको सचेत बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ । संस्थाका अध्यक्ष अभय लामिछानेको अध्यक्षतामा भएको सभालाई अध्यक्ष लामिछाने पानस दिपप्र्ज्वलन गरी उदघाटन गरेक थिए । उक्त सभाले नयाँ संचालन समिति पनि चयन ग्एको छ । नवगठित कार्यसमितिका अध्यक्षमा दिलिपकुमार यादव, उपाध्यक्ष भक्तबहादुर राउत, सचीवमा नरहरी गौतम, कोषाध्यक्षमा गणेश भण्डारी चयन भएका छन् । त्यस्तैगरी कार्यसमितिका सदस्यहरुमा धनि भण्डारी, दिपा धनाहा, शोभा तितुङ्ग, कुलबहादुर अस्तानी मगर र नारायणबहादुर श्रेष्ठ रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा जीवनकुमार काफ्ले चयन भएका छन् भने सदस्यमा माया रानी रुम्बा रहेकी छिन् ।
सभामा संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन र आगामी योजनाबारे छलफल भएको थियो । सहभागी सदस्यहरूले सहकारी संस्थाको सेवा विस्तार, वित्तीय पारदर्शिता र सदस्यहरूको हितमा कार्य गर्न नयाँ कार्यसमितिलाई सिफारिस गरेका छन् ।
नवगठित कार्यसमितिले आगामी वर्षमा सदस्यहरूको सेवा सुदृढ गर्ने, सहकारी विकासलाई प्रवर्द्धन गर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।






















Discussion about this post