युथ अफ निजगढको अध्यक्षमा सन्तोष पौडेल सर्वसम्मत चयन

388
SHARES
511
VIEWS

निजगढ । निजगढका युवाहरूको सक्रिय संस्था युथ अफ निजगढको १२औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाबाट संस्थाको अध्यक्ष पदमा सन्तोष पौडेल चयन भएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मनिता पाण्डे, महासचिवमा अशोक श्रेष्ठ, सचिवमा जगतबहादुर न्यौपाने, कोषाध्यक्षमा प्रेमबहादुर अधिकारी र सहसचिवमा मुक्ति सुवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मुकुन्द विष्ट, अनिश पोखरेल, विपाशा बजगाई, श्रीराम पौडेल र रवि कार्की चयन भएका छन् । कार्यसमितिका थप दुई जना सदस्य भने पछि मनोनयन गरिने संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष कमल पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव अशोक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका वरिष्ठ सल्लाहकार भाइकाजी श्रेष्ठले निर्विवाद रूपमा समाजसेवाका परोपकारी कार्य गर्दै आएको युथ अफ निजगढले नगरमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे । उनले आगामी दिनमा पनि संस्थाले आफ्नो सामाजिक पहिचानलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक जीतलाल श्रेष्ठले सपथ ग्रहण गराएका थिए । निजगढ नगरपालिका–४, मोहोरीस्थित श्री गणेशमान पार्कमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक प्रकाश श्रेष्ठ, पूर्वअध्यक्षहरू खड्गराज मैनाली, राजन श्रेष्ठ, गंगामाया श्रेष्ठ, उत्सव श्रेष्ठ, इराज कोइराला, कमल बजगाईलगायतको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष कमल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष सन्तोष पौडेलले गरे भने कार्यक्रम सहजीकरण मनिता पाण्डे र इराज कोइरालाले गरेका थिए ।
विगत १२ वर्षदेखि युथ अफ निजगढले राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा फागु पूर्णिमाको अवसरमा प्रि–होली कन्सर्ट आयोजना गर्दै आएको छ । साथै संस्थाले नगरका असहाय, अपाङ्ग, गरिब, विपन्न, दीर्घरोगी तथा दैवी प्रकोप पीडितहरूलाई आर्थिक तथा मानवीय सहयोग कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित