निजगढ–८ मा बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन

385
SHARES
507
VIEWS

बारा । बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति र लेखा समिति गठन गरिएको छ ।

साधारणसभाले सर्वसम्मत रुपमा शालिकराम ढुंगानाको अध्यक्षतामा कार्यसमिति चयन भएको हो भने कमल सुवारको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा शारदा कुमारी खड्का, कोषाध्यक्षमा कृष्णप्रसाद खरेल, सहसचिवमा सजना उप्रेती रहेका छन् ।

त्यसैगरि सदस्यहरू अन्तरी लामा, पवित्रा कुमारी चौलागाई, मिरा कुवर, दिनेश न्यौपाने, प्रकाश श्रेष्ठ, समिता बोगटी, चित्रकुमार लामा र मोजहर मन्सुर रहेका छन् ।

त्यसै लेखा समितिको सदस्यमा नरनाथ गौतम र कमला लामा रहेका छन् ।

साधारणसभाले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको जनाइएको छ ।

वन समुहका अध्यक्ष रामप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका सांसद मिना लामा, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झा, वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामा, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय दुर्गा कोईराला, जिल्ला अध्यक्ष रामजी बजगाई, पूर्व वडा अध्यक्ष टेकबहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण वन समुहका कार्यालय प्रमुख हरिप्रसाद न्यौपानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित