बारा । जनज्योति तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । मधेस प्रदेशका ८ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता खेलकुदमार्फत प्रतिभा विकास र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
आयोजकका अनुसार यो प्रतियोगिता जनज्योति तेक्वान्दो डोजाङ्गको चौथो संस्करण हो । ३० केजी तौल समूहका खेलाडीहरूबाट खेल खेलाएर खेल सुरु गरेका । प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार निरन्तर सञ्चालन भइरहेको र अन्य तौल समूहका खेलहरू पनि क्रमशः हुने जनाइएको छ ।
प्रदेशस्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई अनुभव सँगाल्ने अवसर प्रदान गर्नुका साथै तेक्वान्दो खेलको विकासमा योगदान पुग्ने आयोजक राजु माझीको विश्वास रहेको छ ।























Discussion about this post