जीतलाल श्रेष्ठ । मानिसहरुले आफ्नो जन्मदिन मनाउन आ-आफ्नै विभिन्न इंच्छा, तरिका र शैली अपनाउने गरेको पाईन्छ । यस्तै फरक तरिका र शैलीलाई पछ्याउदै निजगढ नगरपालिका ७ शहीद चोंक घर भई हाल काठमाडौं र निजगढमा नै व्यावसाय विस्तार गर्दै आई रहेका युवा उद्यमी एंव समाजसेवी मनोज भारतीले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, विभिन्न क्लवका खेलाडीहरुका लागि फुटबल जसीं वितरण गरी र मन्दिरमा स्वगत द्वार निर्माण गरी फरक शैलीमा आफ्नो जन्मदिन मनाएका छन ।
वैदेशिक रोजगारीका लागि ६ वर्ष सम्म दक्षिण कोरियामा कडा मेहनतका साथ श्रम गरी नेपाल फर्किए लगतै काठमाडौंमा फिटवेल गार्मेन्ट कम्पनी सञ्चालन गरी ३०० जना भन्दा बढीलाई रोजगारी दिदै आई रहेका छन् । उनले सोही कम्पनीको नाम राखेर संघिय राजधानी काठमाडौं स्थित नया बानेश्वरमा आफ्नो कम्पनीबाट उत्पादित विभिन्न खाले कपडा, ज्योकट, जुत्ता लगायतका सामान बिक्री गर्दै आई रहेका छन । युवा उद्यमी भारतीले कुल मुनाफाको १० प्रतिशत रकमले यसरी नै समाजसेवाका कार्यहरुमा सहयोग गर्ने आफ्नो योजना रहेको सुनाए। करिब ३०० जना विद्यार्थीलाई शैक्षिक सामाग्री, निजगढ नगरका १३ वटै वडामा रहेका दुई दर्जन भन्दा बढी क्लवलाई फुटबल जर्सी र निजगढ़ नगरपालिका १३ डम्बरपुर स्थित शिवशक्तेश्वर मन्दिरमा पुग्नु अघि फलामे स्वागतद्वार निर्माण गरी दिएका छन् । सो स्वागत द्वारको शुक्रवार उनका पिता राम बहादुर भारतीद्वारा उद्घाटन गरे । सो कार्यक्रममा आमा सावित्री भारती, दाजु विनोद भारती, दिदि तारा भारती र परिवारका सदस्यहरुसंगै स्थानीय समाजसेवी, विद्यार्थी, शिक्षक, सञ्चारकर्मीहरुसँगै डम्बरपुरमा मंसिर २६ गते शुक्रवार जन्मदिन मनाए ।
विदेशमा रहदा स्वदेशमा फर्किएर केही व्यावसायिक उद्योग, व्यावासय सञ्चालन गर्ने, स्वदेशमा नै रोजगारी सिर्जना गर्ने अटोटका साथ योजना बनाएसंगै सञ्चालित व्यावसायबाट कुल मुनाफाको १० प्रतिशत रकम यसरी नै समाजमा शैक्षिक क्षेत्र, खेल क्षेत्र, मठमन्दिर, गरिब, असाहाय, विपन्न समुदाय लगायत विभिन्न सामाजिक कार्यमा आफुले पनि संघाउने लक्ष्य लिएसंगै सामाजिक कार्यमा लगभग ८ वर्ष यताबाट निरन्तर सहभागी हुदै आई रहेको युवा उद्यमी भारतीले भने ।
यस अघि वर्ष भरी विभिन्न चरणमा सामाजिक कार्यमा सहयोग गर्दै आई रहेपनि अब, सकभर जन्मदिनको अवसर पारेर नै समाजमा सहयोग गर्ने सोच बनाएको उनले बताए। अत्यन्तै मिलनसार भारतीको समाजसेवा प्रतिको मोह देखेर निजगढ नगरपालिका १३ नं.वडाअध्यक्ष सूर्य घलान, विभिन्न विद्यालय, क्लवको सक्रिय सहभागितामा सहयोगी मनकारी दाता उद्यमी भारती परिवारलाई कार्यक्रमस्थल डम्बरपुरमा भब्य स्वागत गरेका थिए।
आफ्नो वडामा पर्ने विश्वकै कान्छो चुरे पर्वत श्रृंखलाको काखमा रहेको शिवशक्तेश्वर मन्दिर पुग्नु अघि स्वागत गेट निर्माण, विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, फुटवल खेलाडीहरुका लागि जसीं वितरण कार्य बाहेक अन्य विभिन्न समयमा पनि सामाजिक कार्यमा युवा उद्यमी मनोज भारती र भारती परिवारले सहयोग गर्दै आई रहेको बताउदै निजगढ नगरपालिका १३ नं. वडाअध्यक्ष सूयं घलानले खुलेर प्रसंशा गरे ।
उनले आफ्नो जन्मदिनको अवसरमा गरेका कार्यको खर्च रकम भन्न नचाहेपनि शैक्षिक सामाग्री, फुटबल जर्सी, स्वागत द्वार निर्माणमा ८ लाख भन्दा बढी खर्च भएको अनुमान स्थानीयले लगाएका छन् । छोराको ईच्छा, बाहाना, योजनालाई आफुहरुले कहिल्यै बाधा नपुऱ्याएको उद्योग सञ्चालनसंगै सकेको जति निःस्वार्थ भावले समाजसेवामा पनि समंपित होस भन्ने, आफुहरुले पनि निरन्तर हौसला दिदै आई रहेको आमा सावित्री भारती, बुवा राम बहादुर भारती, दाजु विनोद भारतीले बताए ।
जो कोही व्यक्तीले आफु वा आफ्ना परिवार बिरामी रहेकाले आर्थिक अभावका कारण उपचार गर्न, गराउन नसकेको दुःखेसो मात्रै पोख्दा वा गरिब, असाहयले आफुलाई समस्या परेको बताउदा खुलेरै सकेको सहयोग गरि हाल्ने बानी उहाको रहेको भन्दै स्थानीय समाजसेवी एंव सञ्चारकर्मी पवन भागिरथले युवा उद्यमी भारतीको मनैबाट खुलेरै प्रसंशा गरे ।
आफुहरु मध्यम वर्गबाट नै अघि बढेसंगै निरन्तर कडा मेहनत गर्दै अहिले देशकै विभिन्न ठूला गार्मेन्ट कम्पनीसंग कडा प्रतिश्पर्धा गर्न सक्ने क्षमता र अवस्थामा आई पुगेको उद्यमी मनोज भारतीले बताउदै पैसा जति भएपनि कोही कसैलाई पुग्दैन रहेछ ।
आखिर मान्छेको चोला अन्ततः यस धर्तीबाट अस्ताउने नै हो । तर, मानिसहरु जिवित रहदा नै यस्तै सामाजिक क्षेत्रमा निःस्वार्थ सेवा जस्ता पुण्यकर्मले नाम सधै बाचि रहने रहेछ । त्यसैले पनि आफुलाई यस्ता कार्यमा मन गएको उनले अझै प्रष्टाए। सुख, खुशीमा साथ
साथी, भाई, इंष्ट मित्रहरु धेरै भेटिन्छन्। अनि जोडिन्छन् । तर दुःखमा साथ दिने निक्कै कम मात्र हुने रहेछन् । शायद असल साथी भाई, असल ईष्ट मित्रको छनौट गर्न भगवानले नै यस्तै परिक्षा लिने गरेको जस्तो आफूलाई लागेको उनले बताए ।
त्यस मध्ये कतिपय असल साथी भाई, इंष्ट मित्रहरुलाई प्रायः फुर्सदमा आफैले सन्बो, विसन्चोका खवर सोध्न मन लाग्ने गरेको बताउदै दुःखका क्षणमा आफुलाई नपत्याउने कतिपयका फोन समेत अहिले उठाउन छाडि दिएको नमिठो अनि तितो यर्थात् समेत युवा उद्यमी भारतीले सुनाए।
जीवनमा सधै एकनास हुदैन भन्ने, भोगाई आफूले पनि भोकेको भन्दै तर, ईमान्दारी पूर्वक जिम्मेवारीका साथ आफ्नो कर्म क्षेत्रमा निरन्तर अघि बढ्नु पर्छ भन्ने, आफूले व्यावहारिक ज्ञान सुख, दुःख, सजिलो, अप्ठ्यारो क्षणहरुको भोगाईहरुबाट पाएको युवा उद्यमी मनोज भारतीले सुनाए ।
जीवनको यात्रामा असल साथी भाइ, इष्ट मित्र र आफ्ना भनेर चिनिएका व्यक्तिहरूको वास्तविक पहिचान सहज परिस्थितिमा होइन, कठिन र चुनौतीपूर्ण घडीमै हुने गरेको यथार्थ युवा उद्यमी भारतीले व्यक्त गरेका छन्। उनका अनुसार जीवनले दिने यस्ता कठिन परीक्षा स्वयं भगवानले नै असल र नक्कली सम्बन्ध छुट्याउन लिने माध्यम जस्तै लाग्ने गरेको छ।
उनी भन्छन्, सामान्य अवस्थामा सबैजना नजिक देखिन्छन्, सबैले साथ दिने जस्तो गर्छन्। तर जब जीवनमा समस्या आउँछ, पीडा थपिन्छ वा आफू कमजोर अवस्थामा पुग्छ, तब मात्र को साँच्चिकै आफ्ना हुन् र को केवल परिस्थितिवश नजिकिएका थिए भन्ने कुरा प्रस्ट हुन्छ । यही अनुभवले आफूलाई सम्बन्धप्रति अभ्भ गहिरो र सचेत बनाएको उनको भनाइ छ । भारतीका
अनुसार, जीवनका यस्ता कठिन क्षणहरूमा केही साथी भाइ र इष्ट मित्रहरूले देखाएको आत्मीयता र भरोसाले आफुलाई भावनात्मक रूपमा बलियो बनाएको छ। उनी फुर्सदको समयमा यस्ता असल साथीसँग आफैँ सम्पर्क गरेर सन्चो विसन्चोको खबर सोध्ने गरेको बताउँछन ।
“उनीहरूबाट कुनै अपेक्षा छैन, तर पनि मनले खोज्छ, उनीहरूको आवाज सुन्न मन लाग्छ,” उनले भने। तर जीवनको अर्को कठोर यथार्थ पनि उनले खुलेर स्वीकार गरेका छन् । उनले दुःख र समस्याको समयमा आफूलाई विश्वास नगर्ने, साथ दिन हिच्किचाउने र आवश्यक बेलामा टाढा बस्ने केही व्यक्तिहरूको व्यवहारले गहिरो चोट दिएको बताए ।
समस्याको समयमा नपत्याउने र शंकाको दृष्टिले हेर्ने व्यत्तिहरूको फोन अहिले उठाउनसमेत मन लाग्दैन, उनले भावुक हुँदै सुनाए। यस्ता अनुभवहरू तितो भए पनि जीवनका लागि महत्वपूर्ण पाठ भएको उनको बुझाइ छ ।
सम्बन्ध नामको शब्द केवल बोल्ने विषय होइन, व्यवहार र विश्वासबाट प्रमाणित हुने कुरा हो भन्ने सिकाइ आफूले यही यात्रामा पाएको उनले बताए। युवा उद्यमी भारतीका अनुसार, यस्ता परीक्षाले आफुलाई मानसिक रूपमा परिपक्का बनाएको छ । उनले अहिले सम्बन्धहरूलाई संख्यामा होइन, गुणस्तरमा हेर्न थालेको बताए। थोरै भए पनि साँचो साथ दिने मानिसहरू नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको उनको निष्कर्ष छ ।
अन्त्यमा उनले भने, “दुःखका बेला साथ नदिने धेरैको भीडभन्दा, सुख-दुःख दुवैमा साथ दिने एक-दुई असल मित्र नै जीवनका साँचो भगवान् हुन ।” उनले अहिले निजगढमा व्यावसाय बिस्तारका क्रममा जुत्ता कम्पनी सञ्चालन गरी उत्पादन कार्य अघि बढाई सकेका छन् ।
निजगढ र काठमाडौ जोड्ने फास्ट ट्रयाक सञ्चालनसंगै कम्तिमा ५०० जना भन्दा बढीलाई रोजगार सिर्जना हुने खालको गार्मेन्ट कम्पनी समेत सञ्चालन गर्ने आफ्नो योजना रहेको युवा उद्यमी भारतीले बताए । स्वदेशी युवा उद्यमी भए वापत उनलाई नेपाल सरकारले समेत राष्ट्रिय सम्मान प्रदान गरी उच्च हौसला बढाएको छ। लेखक संचार कर्मी जीतलाल श्रेष्ठ ।























Discussion about this post