सहारा मल्टिपर्पसको २२औं वार्षिक साधारण सभा छलफल हुने

397
SHARES
522
VIEWS

निजगढ बारा । सहारा मल्टिपर्पस को-अपरेटिभसोसाइटी लिमिटेडको २२औं वार्षिक साधारण सभासम्बन्धी छलफल कार्यक्रम विभिन्न सेवा केन्द्रस्तरमा हुने भएको छ ।

मुख्य कार्यालय मलंगवा, सर्लाही रहेको सहाराले सेयर सदस्यहरूसँग प्रत्यक्ष छलफल तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थाले नेपाल समाचार राष्ट्रिय दैनिक पत्रिकामा गरेको प्रकाशित सूचनाका अनुसार २२औं वार्षिक साधारण सभा आगामी पुस २६ गते शनिबार हुने जनाएको छ । सो सभाको तयारीस्वरूप सेवा केन्द्रगत छलफल कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

छलफल कार्यक्रम अन्तर्गत सिमरा, कोल्हबी र निजगढ सेवा केन्द्रका सेयर सदस्यहरूलाई लक्षित गरी फरक-फरक मितिमा कार्यक्रम राखिएको छ । तालिकाअनुसार पुस १३ गते बिहान ११:३० बजे सिमरा सेवा केन्द्रका सेयर सदस्यका लागि होटल सम्यकमा, पुस १४ गते कोल्हबी सेवा केन्द्रका सदस्यका लागि थारु सेवा सदनमा र पुस १५ गते निजगढ सेवा केन्द्रका सेयर सदस्यका लागि हेमन होटलमा छलफल कार्यक्रम हुने जनाइएको छ ।

संस्थाले तोकिएको मितिसम्म सेयर सदस्यता प्राप्त नगरेका सेयर सदस्य महानुभावहरूलाई सेयर सदस्यता परिचयपत्र वा सेयर प्रमाणपत्रसहित सम्बन्धित सेवा केन्द्रको तोकिएको मिति, समय र स्थानमा उपस्थित भई छलफल कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ ।

सहारा मल्टिपर्पसकामुख्य प्रबन्धक सुनील कुमार गुप्ताले साधारण सभालाई प्रभावकारी बनाउन सेयर सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै छलफल कार्यक्रमबाट आएका सुझावलाई सभामा समेटिने जानकारी दिए ।

संस्थाले सेवा केन्द्र सिमरा, कोल्हवी र निजगढ बारा मार्फत थप जानकारीका लागि विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित