निजगढमा व्यवसायी भारतीद्वारा शिक्षादेखि खेलसम्म व्यापक सहयोग

407
SHARES
536
VIEWS

बारा । समाजसेवी तथा व्यवसायी मनोज भारतीले आफ्नो जन्मदिनलाई सामाजिक सेवामै समर्पण गर्दै शुकबार निजगढ–१३ मा शिक्षादेखि खेलकुद र धार्मिक संरचना उद्घाटनसम्मका विविध कार्यक्रम सम्पन्न गरेको छ । समुदायलाई प्रत्यक्ष लाभ पुग्ने प्रकारका गतिविधि एकै दिनमा सम्पन्न भएको भन्दै स्थानीयले प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रमअन्तर्गत श्री भगवती आधारभूत विद्यालय र श्री शिवशक्तेश्वर आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । अभिभावक र विद्यालयका प्रतिनिधिले वितरण गरिएको सामग्रीले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका बालबालिकालाई सहजता हुने बताए ।

युवा क्षेत्रलाई लक्षित गर्दै भारतीले निजगढ नगरपालिका वडा १ देखि १३ सम्मका सबै युवा क्लबलाई फुटबल जर्सी पनि वितरण गरेको हो ।
“युवाहरूलाई सकारात्मक मार्गतर्फ लैजाने सबै प्रयासमा म सधैँ साथ दिन तयार छु । खेलकुदले अनुशासन, ऊर्जा र एकता दिन्छ । जन्मदिनलाई भड्किलो बनाउनुभन्दा समाजका लागि उपयोगी बनाउनु नै मेरो लक्ष्य हो,” व्यवसायी मनोज भारतीले भने ।

कार्यक्रमको मुख्य आकर्षण शक्ति मन्दिरको स्वागत प्रवेशद्वार उद्घाटन रह्यो । प्रवेशद्वार निर्माण भारतीका बुवा रामबहादुर भारती र आमा सावित्री भारतीको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो । स्थानीयका अनुसार नयाँ प्रवेशद्वारले मन्दिर परिसरको सौन्दर्यकरणमा उल्लेख्य वृद्धि भएको छ ।

0-0x0-0-0#

निजगढ–१३ का वडा अध्यक्ष सूर्य घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भारती परिवारका सदस्य विनोद भारती, आमा सावित्री भारती, बुवा रामबहादुर भारतीलगायत सहभागी थिए ।
वडा अध्यक्ष घलानले भने, “निजगढका युवादेखि विद्यालय र धार्मिक संरचनासम्म भारती परिवारले पुर्‍याउँदै आएको निरन्तर सहयोग प्रशंसनीय छ । निजी पहलले पनि समुदाय परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण यही हो ।”

0-0x0-0-0#

कार्यक्रममा समाजसेवी सावित्री भारती, विनोद भाररी र खड्गप्रसाद उप्रेतीलगायतले आफ्नो मन्तव्य राख्दै भारती परिवारको सक्रियताले ‘सहयोग, सद्भाव र सामुदायिक विकासको संस्कृति’ बलियो बनेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित