निजगढमा ११औं औद्योगिक वातावरण सुधार अन्तरक्रिया सम्पन्न

401
SHARES
527
VIEWS

बारा । “औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” नाराका साथ मङ्गलवार निजगढ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको निजगढ नगरपालिकाले २०८२ मंसिर ९ गते आयोजना गरेको कार्यक्रममा नगरभित्रको औद्योगिक सम्भावना, चुनौती र भावी योजना विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा निजगढ नगर–प्रमुख सोममाया थिङले स्थानीय व्यवसाय र उद्यमशीलता प्रवर्द्धनका लागि पालिका निरन्तर सहकार्य र साथमा रहने बताइन् । उनले भनिन्, “दिगो अर्थतन्त्र निर्माणमा स्थानीय उद्योग र उद्यम नै आधार हुन् । पालिका सधैं व्यवसायीको साथमा रहन्छ ।” त्यस्तै, नगर उप–प्रमुखले व्यवसायी तथा उद्यमीहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त ग रे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतमले उद्योग वाणिज्य संघले राखेका माग र सुझावलाई अभिलेखमा राखेर पालिकाले आवश्यक कदम चाल्ने बताउँदै संघसँग समन्वयलाई प्राथमिकतामा राखिने जनाए ।

यसैगरी, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नगरपालिकाले औद्योगिक ग्राम निर्माणमा चासो देखाउन आग्रह गरे ।
उनका अनुसार, “निजगढ औद्योगिक सम्भावनाले भरिपूर्ण नगर हो । औद्योगिक ग्राम निर्माणका लागि संघ र विभिन्न निकायसँग पहल गर्दै आएको छ, अब पालिकाले पनि जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ ।”

कार्यक्रममा सहभागी विभिन्न महिला उद्यमीहरूले आफ्नो व्यवसायिक यात्रा, चुनौती, अवसर र अनुभवहरू साझा गर्दै स्थानीय स्तरीय औद्योगिक योजनामा महिलाको सहभागिता बढाउन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रमले निजगढलाई उद्यमशील तथा औद्योगिक नगरका रूपमा अघि बढाउन आवश्यक नीतिगत तयारी, सहकार्य र बजेटीय व्यवस्थापनबारे महत्वपूर्ण सुझाव तथा धारणा संकलन गरेको आयोजकले जनाएको छ । कार्यक्रम लघु उद्यम शाखाले आयोजना गरेका थिए भने कार्यक्रमको संचालन लघु उद्यम शाखाकी सुशीला रौनियारले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित