निजगढ । गत महिना भदौ २४ गतेको आन्दोलन तथा प्रदर्शनका दौरान बारा जिल्लास्थित निजगढ नगरपालिका–९ वडा कार्यालयमा आगजनी हुँदा सबै कागजात, उपकरण र कार्यालय सामग्री जलेर नष्ट भएका थिए । सेवा प्रवाह ठप्पजस्तै भएको अवस्थामा निजगढ नगरपालिकाका प्रथम पूर्व मेयर सुरेश खनालले एक थान Canon Image RUNNER 2224 फोटोकपी मेसिन प्रदान गर्दै कार्यालय पुनःसञ्चालनमा महत्वपूर्ण सहयोग गरेका छन् ।
ध्वस्त उपकरणहरूको अभाव, कागजात प्रतिलिपिमा समस्या, र सामान्य प्रशासनिक कामकाजमै बाधा भएपछि कार्यालय केहि समयदेखि समस्यामा थियो । यस्तो संवेदनशील घडीमा खनालले उपलब्ध गराएको मेसिनले कार्यालयलाई फेरि नियमित सेवा प्रवाहतर्फ अघि बढ्न सहज बनाएको छ ।
वडा अध्यक्षको प्रतिक्रिया:
वडा नं. ९ का अध्यक्ष रामचन्द्र कटुवालले भने आगजनीपछि हाम्रो कार्यालय पूर्णरूपमा सेवा दिन नसक्ने अवस्थामा पुगेको थियो । अत्यावश्यक उपकरण नै नभएकोले दैनिक कामकाज अत्यन्त प्रभावित भएको थियो । पूर्व मेयरज्यूले उपलब्ध गराएको फोटोकपी मेसिनले अब पुनः सेवाहरू सुचारु गर्न ठूलो राहत पुगेको छ । स्थानीयवासीको सुविधामा प्रत्यक्ष प्रभाव पर्ने भएकाले हामी यसलाई अत्यन्त महत्वपूर्ण सहयोगका रूपमा लिएका छौँ ।” त्यस्तै पुर्व मेयर खनालले भने,
“आगजनीले भएको क्षति केवल भौतिक मात्र थिएन, यसले प्रशासनिक सेवा नै अवरुद्ध बनाएको थियो । यस्तो कठिन समय समुदायबाटै सहयोग आउनु प्रशंसनीय कुरा हो । पूर्व मेयर सुरेश खनालले गरेको सहयोगले स्थानीय सेवा पुनःस्थापनामा महत्वपूर्ण टेवा मिल्नेछ । नगरपालिकाले अन्य आवश्यक सामग्री र संरचनागत मर्मतसम्भारका काम पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ ।”
पूर्व मेयर खनालको सहयोगप्रति कार्यालयका कर्मचारी र स्थानीयवासीले आभार व्यक्त गरेका छन् । उनीहरूले यसलाई “संकटमा साथ दिने नेतृत्वको व्यवहारिक उदाहरण” भन्दै सराहना गरेका छन् ।
निजगढ नगरपालिका–९ वडा कार्यालय आगजनीपछिको क्षतिलाई क्रमशः पुनर्निर्माण गर्दै सेवा प्रवाहलाई पूर्णरूपमा सुचारु गर्ने तयारीमा भैरहेको छ ।






















Discussion about this post