निजगढ । बाराको निजगढ-१० लाल देछेनतेङ गुम्बाद्वारा आयोजित ४६औं गुम्बा मेला–२०८२ यस वर्ष मनोरञ्जन होइन, कलाकारको अपमान, दुर्व्यवहार र आयोजकको चरम लापरबाहीका कारण प्रख्यात बनेको एक कलाकारको गुनासो रहेको छ । कार्यक्रममा उपस्थित कलाकारहरूलाई सम्मान नभई उल्टै अवहेलना, हेपाहा र बेइज्जतपूर्ण व्यवहार गरिएको गायक साम्तेन मोक्तानले सामाजिक संजाल फेसबूकमा लेखेको छ ।
कलाकारको स्पष्ट भनाइ
“सम्मान गर्न सक्दैन भने अपमान पनि नगर्नुहोस्”
यो कुनै माग होइन, कडा चेतावनी हो । मेला ठूलो, तर व्यवस्थापन शून्य : ‘जिम्मेवार’ को नाममा ठाडो गैरजिम्मेवारी रात्रीकालीन कार्यक्रमको तयारी, समन्वय र व्यवस्थापन सबैतिर अव्यवस्था, गफ़, घमण्ड र लापरबाही मात्र देखियो ।
कलाकारलाई कहिले बोलाउने, कहाँ राख्ने, मञ्चमा कसरी उतार्ने कुनै योजना थिएन ।
कार्यक्रम हेर्न आएका दर्शकले समेत व्यंग्य गरे
“यो मेला हो कि अव्यवस्थाको नाच?”
कलाकार बोलाइए, तर अपमानित बनाइए
कलाकारलाई बोलाएर समय नदिने, तयारी नदेखाउने, सहजीकरण नगर्ने मात्र होइन, अपमानित हुँदै प्रस्तुति दिन बाध्य बनाइएको आरोप कलाकार मोक्तानले लगाएका छन् । कसैमाथि यति हदसम्म अवमूल्यन गर्नु धार्मिक सांस्कृतिक कार्यक्रमको नाममा ठाडो धक्का हो ।
दर्शकको सम्मान, आयोजकको निरिहता
दूरदराजबाट आएका दर्शकले आफ्नो अमूल्य समय खर्चेर कार्यक्रममा उपस्थित भए ।
तर आयोजकको व्यवहार यस्तो थियो ।
मानौँ कार्यक्रम कुनै जिम्मेवार व्यक्तिबिनै चलिरहेको हो । दर्शकहरू नै भन्छन् ।
“कलाकार र दर्शकको सम्मान जोगाउन नसक्नेले गुम्बा मेलाको नेतृत्व गर्ने हक राख्दैन।” आयोजक मौन रहने कि जिम्मेवारी लिने? लगातार आलोचना, आरोप र असन्तोष बढिरहँदा आयोजक पक्ष मौन बस्नुले उनीहरूको गल्ती अझै प्रष्ट बनाएको छ ।
सांस्कृतिक कार्यक्रमको नाममा गरिएको यस्तो दुरव्यवहारलाई समुदायले कडा शब्दमा खारेज गरेका छन् ।
कलाकारले दर्शकप्रति हार्दिक आभार व्यक्त गरे पनि आयोजकप्रति उनीहरूको रोष कडै छ ।
“दर्शकलाई सम्मान छ, तर आयोजकले कलाकारमाथि भएको अपमानको जवाफ दिनैपर्छ ।” हुनु पनि हो कलाकारहरु जहाँ पनि गहानाको रुपमा लिनले पनि गरिन्छ ।, कलाकारलाई गहानाको रुपमा जोइन राष्ट्रको अंगको रुपमा लिनु पर्दा छ । जो कि अवश्यक्त पर्द लागाउने अरुबेला खोलेर थन्काउने, यो दृस्टीले हेर्नू हुदैन कलाकारलाई । लालमा आयोजित कुनै कार्यक्रममा यस्तो घट्ना भने पहिलो पक्कै होइन, लोछर कप पनि विभिन्न मिडियाको नाममा रकम छुटाएर अनियमितता गरेको कुरा पनि हामी माझ ताजै छ । कार्यक्रम गर्ने पारदर्शिताकोलागी खर्च सुनुवाई गोप्य हुनु पनि स्प्रस्ट पारेको छ दातृ निकायबाट उठाएर दाताको समेत अपमान हुनेगरी गरेको यस्तो हर्कतको अन्त्य गर्नु पर्छ ।






















Discussion about this post