जंगली हात्तीको आक्रमणले राजमार्ग अवरुद्ध, एकजनाको मृत्यु

427
SHARES
562
VIEWS

निजगढ (बारा) । बाराको निजगढ पथलैया सडक खण्डमा जंगली हात्तीको आक्रमणपछि पूर्व–पश्चिम राजमार्ग घण्टौँ अवरुद्ध भएको छ । हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान समेत गएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार मिति २०८२ कात्तिक २३ गते राति करिब ११:४५ बजे १२ किलो र पसाहा पुलबीचको राष्ट्रिय निकुञ्ज वन्यजन्तु क्रसिङ जोन वरिपरि जंगली हात्ती आएको थियो । हात्तीले राजमार्गमा सवारीसाधन आवागमन रोक्दै इन्डियन नम्बर प्लेटको फोर्स गाडी र बोलेरो गाडी पल्टाइदिएको छ ।

हात्तीले इन्डियन नम्बर प्लेट भएको WB73 G 9587 नम्बरको माइक्रोबस र बा २ च ७९२८ नम्बरको पिकअप गाडी पल्टाउँदा गाडीमा रहेका सरसामानमा  क्षति पुगेका छन् । त्यसैगरी हात्तीले राजमार्गमा गुडिरहेका दर्जनौं गाडीका सिसा फुटाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली र नेपाली सेनाको १० जनाको टोली खटिएको छ । उनीहरूले हात्ती धपाउने प्रयास गरिरहेका छन् ।

यस घटनामा जितपुर सिमरा उपमहानगरपालिका–१ सिमरा निवासी करिब ४२ वर्षिय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।

बिहान हलसम्म पणि सो क्षेत्रमा हात्ती आवत–जावत गरिरहेको र सुरक्षा निकायका टोली सतर्क रहँदै नियन्त्रण प्रयासमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित