निजगढमा एमालेद्वारा प्रतिगामी घडयन्त्रविरुद्ध जनप्रदर्शन हुने

404
SHARES
531
VIEWS

निजगढ (बारा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निजगढ नगर कमिटीले प्रतिगामी घडयन्त्रविरुद्ध नगरपालिकास्तरीय जनप्रदर्शन र कोणसभा कार्यक्रम गर्ने भएको छ । संविधानको रक्षा र लोकतन्त्रको जहेर्नाका लागि आयोजना गरिने उक्त कार्यक्रम यही कार्तिक २५ गते (मंगलबार) बिहान ११ बजे बकैया पुल, निजगढमा हुने निजगढ नगर पार्टी अध्यक्ष तिलक ग्जलानले जनाएको छ ।

कार्यक्रममा मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन गरी कोणसभामा परिणत गरिने बताइएको छ । निजगढ नगर कमिटीका सचिव थानेश्वर सापकोटाका अनुसार, पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको जनपरिचालन अभियानअन्तर्गत यो प्रदर्शन आयोजना गरिएको हो ।

“संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि भइरहेको प्रतिगामी चलखेलको विरोधस्वरूप हामी सडकमा उत्रिन लागेका हौँ,” सापकोटाले भने, “जनताको बहुदलीय जनवादको संरक्षण हाम्रो प्रमुख उद्देश्य हो ।”

‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’ नारा सहित हुने कार्यक्रममा पार्टीका स्थानीय नेतादेखि कार्यकर्ता र समर्थकहरुको उपस्थितिलाई व्यापक बनाउने तयारी भइरहेको छ ।

कार्यक्रमको मुख्य नारामध्ये एक रहेको छ  “संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि ।”
आयोजक एमाले निजगढ नगर कमिटी, निजगढ, बारा ले सबैलाई कार्यक्रममा सहभागिताका लागि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित