निजगढ (बारा) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निजगढ नगर कमिटीले देशव्यापी जनपरिचालन अभियान अन्तर्गत निजगढ नगरका १३ वटै वडामा जनभेला आयोजना गरेको छ ।
नगर कमिटीका सचिव थानेश्वर सापकोटाको अनिसार, “एमालेले देशभर सञ्चालन गरिरहेको जनपरिचालन अभियान अन्तर्गत निजगढ नगरका सबै वडामा शनिबार जनभेला सम्पन्न गरिएको हो ।”
सापकोटाका अनुसार साविक निजगढका वडा नम्बर ४, ५, ६, ८ र ९ मा छुट्टाछुट्टै भेला आयोजना गरिएको थियो भने वडा नम्बर ७ मा मोटरसाइकल र्याली आयोजना गरिएको थियो । निजगढ–७ स्थित राजमार्गको भमराबाट सुरु भएको र्यालीले वडाका विभिन्न टोलमा परिक्रमा गरेको थियो ।
त्यसैगरी वडा नम्बर १, २ र ३ का कार्यकर्ताको संयुक्त भेला सिंगौलमा, र वडा नम्बर १०, ११, १२ र १३ का कार्यकर्ताको संयुक्त भेला रतनपुरमा सम्पन्न भएको स्रोतले जनाएको छ ।
रतनपुरमा आयोजित भेलामा एमाले नगर कमिटीका पूर्वअध्यक्ष तथा निजगढ नगर प्रमुख सुरथ पुरी, स्थानीय नेता र पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
जनपरिचालन अभियान अन्तर्गत एमालेले (आइतबार) नगर कमिटीको बैठक पनि आयोजना गरेको थियो । बैठकमा त्रिलोकी प्रसाद चौधरी, अम्बिका चौलागाई, सुदर्शन प्रसाद कोइराला, लिलादेवी लामिछाने, दुर्गा कोइराला लगायत जिल्ला कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो ।
असोज २९ देखि ३१ गतेसम्म भएको पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार प्रतिगामी संंयन्त्रविरुद्ध देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णयलाई साथ दिँदै, निजगढ नगर कमिटीले यही कात्तिक २५ गते बकैयादेखि भमरासम्म मोटरसाइकल र्याली र शहीद चोकमा कोणसभा गर्ने निर्णय गरेको छ । ।
बैठकले कात्तिक २९ गते जिल्ला कमिटीद्वारा आयोजना गरिने जनप्रदर्शन र मंसिर ६ गते काठमाडौंमा हुने शक्ति प्रदर्शन तथा वृहत जनप्रदर्शन कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।






















Discussion about this post