निजगढ तरकारी सहकारीको अध्यक्षमा विष्णु नेपाल पुनः निर्वाचित

388
SHARES
511
VIEWS

निजगढ (बारा) । निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभाले विष्णु नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन गरेको छ ।

शनिबार सम्पन्न सभाले नेपालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा सिता राउत, सचिवमा प्रमिला नेपाल र सहसचिवमा कमला गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी साधारण सभाले मानलाल श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । सभामा सीता खडकाको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति र लेखा समिति सर्वसम्मत चयन भएको जानकारी दिएको छ ।

कार्यक्रम निजगढस्थित रेडक्रस सोसाइटी उपशाखाको सभा हलमा सम्पन्न भएको हो । सभाको अध्यक्षता सहकारीका पूर्वअध्यक्ष विष्णु नेपालले गरेका थिए भने सञ्चालन संस्थाका व्यवस्थापक गणेश भण्डारीले गरेका थिए ।

नव–निर्वाचित अध्यक्ष नेपालले सहकारीले कृषकको उत्पादन वृद्धिसँगै बजार व्यवस्थापन र सदस्यको आर्थिक सशक्तिकरणमा जोड दिँदै आएको बताए । उनले आगामी दिनमा सहकारीलाई अझ सक्षम र समुदायमुखी संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित