करैयामाई मेलाको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा, मेलाको तयारी अन्तिम चरणमा

391
SHARES
514
VIEWS

महेन्द्र सहनी/बारा । बाराको करैयामाई गाउँपालिकाले परम्परागत करैयामाई मेलाको अवसरमा गाउँपालिकाभर एकदिनको सार्वजनिक बिदा दिएको छ । करैयामाई गाउँपालिका-२ करैया गाउँस्थित श्री राजदेवीमाई मन्दिर परिसरमा लाग्ने मेलालाई लक्षित गर्दै कार्तिक १९ गते बुधबारका लागि बिदा दिमे घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले सोमबार सुचना जारी गर्दै मेलामा धुमधामका साथ पूजा अर्चना तथा धार्मिक अनुष्ठान सञ्चालन हुनसकोस् भन्ने उद्देश्यले बिदा गरिएको जनाएका छन् । उनका अनुसार सो दिन गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा अधिकांश स्वास्थ्य संस्थाहरू बन्द रहनेछन् । तर, ‘बर्थिङ सेन्टर’ भने खुल्ला रहने जनाएको छ ।

यस वर्ष पनि श्री राजदेवी माईको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको करैयामाई मेला परम्परागत विधिअनुसार नै आयोजना हुँदैछ । मेला २०७८ कार्तिक १८ गते मंगलबार दिवावली (दिवावती) का दिनबाट सुरु हुनेछ भने कार्तिक १९ गते बुधबार बोका बली कार्यक्रम सम्पन्न गरिनेछ । साथै, भारतको पश्चिमी चम्पारण (बिहार) स्थित दीउलिया गाउँबाट ल्याइने नाच (डन्स) कार्यक्रम पनि १८ गते रातिदेखि १९ गते रातिसम्म सञ्चालन हुनेछ ।

मेला समितिका अध्यक्ष ओम प्रकाश चौधरीका अनुसार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । “यो मेला धार्मिक आस्था मात्र होइन, गाउँ समाजको सांस्कृतिक एकताको प्रतीक हो । भक्तजनको सहज सहभागिता सुनिश्चित गर्न सम्पूर्ण व्यवस्था मिलाइएको छ,” अध्यक्ष चौधरीले बताए ।

मेलामा भक्तजन, दानवीर तथा सामाजिक व्यक्तित्वहरूलाई उपस्थितिका लागि मेला समितिले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित