अविरल वर्षामा पनि शक्तीश्वर धाममा हजारौं दर्शनार्थीले गरे दर्शन

393
SHARES
517
VIEWS

बारा, निजगढ । बारा जिल्ला स्थित निजगढ नगरपालिका–१३ डम्बरपुरको शक्तीश्वर धाममा आज हरिबोधनी एकादशीको अवसरमा करिब १ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । बिहानैदेखि वर्षासँगै बग्ने पानी र बाढीको जोखिमलाई समेत सामना गर्दै भक्तजनहरूको भीड मन्दिर परिसरमा देखापर्‍यो ।

पुरानो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शक्तीश्वर गुफा मन्दिर स्कन्द पुराणमा वर्णित शक्तिपीठहरू मध्ये एक मानिन्छ । जनविश्वास अनुसार, सृष्टिकालमा भगवान् शिव सतीदेवीको मृतदेह बोकेर हिँड्दा यही स्थानमा देवीको एक अङ्ग खसेको मानिन्छ । त्यही कारणले, यस स्थललाई शक्तिपीठको रूपमा श्रद्धा गरिँदै आएको छ ।

हरिबोधनी एकादशी, जसलाई ‘हरि जागरण’को प्रतीक मानिन्छ, भगवान् विष्णुले चार महिनापछि क्षीरसागरबाट जागा हुने दिनका रूपमा मनाइन्छ । यस दिन शक्तिपीठ तथा विष्णु मन्दिरहरूमा दर्शनले विशेष पुण्य प्राप्त हुने जनविश्वास छ ।

मन्दिर परिसरमा फ्याफुल्ला युवा क्लबले स्वागतद्वार, दर्शन मार्ग तथा मूल मन्दिर क्षेत्र सजाएर भक्तजनको सहजताका लागि आवश्यक व्यवस्था मिलाएको थियो । सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय युवाहरूको सक्रियतामा भीडलाई व्यवस्थित गरिएको थियो ।

स्थानीय समाजसेवीहरूले मन्दिर परिसरको सरसफाइ तथा नाका व्यवस्थापनमा विशेष भूमिका खेल्दै मन्दिरको ऐतिहासिकता र धार्मिक महत्वबारे जानकारी गराउने प्रयाससमेत गरेका थिए ।

आजको दिनमा तुलसीका बिरुवा पूजा गर्ने र दमोधरसँग विवाह गरिदिने परम्परा अन्तर्गत घर–घरमा तुलसीको पूजा गरिएको थियो । व्रत बस्नेहरूले आयुर्वेदिक रूपमा लाभदायक मानिने पिँडालु र सक्खरखण्डको परिकार खाने चलन पनि व्यापक रूपमा रहँदै आएको छ ।

यसैगरी, निजगढ नगर र देशका अन्य विष्णु मन्दिरहरूमा पनि आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित