बारागढी गाउँपालिका–६ का वडा अध्यक्ष निरजकुमार साहको निधन

384
SHARES
505
VIEWS

बारा । बारागढी गाउँपालिका वडा नम्बर ६ गढहलका वडा अध्यक्ष निरजकुमार साहको उपचारका क्रममा निधन भएको छ। लगातार दुई कार्यकाल वडा अध्यक्षका रूपमा निर्वाचित ४६ वर्षीय साहको बुधबार राति करिब ९ः४५ बजे निधन भएको हो ।

गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।

साहको निधनप्रति श्रद्धाञ्जलीस्वरूप गाउँपालिकाले आज शोक विदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू तथा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी निकायहरू आज बन्द रहेका थिए ।

त्यस्तै, स्वर्गीय साहको सम्झनामा गाउँपालिकाले राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय समेत गरेको छ ।

साह पहिलो कार्यकालमा **जनता समाजवादी पार्टी (जसपा)**बाट निर्वाचित भएका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट पुनः वडा अध्यक्षमा निर्वाचित भएका थिए।

स्वर्गीय साहका परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित