बारा । चारदिनसम्म आस्था, भक्ति र अनुशासनका साथ मनाइने छठ पर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले रातभर व्रत बसेर मंगलबार बिहान सूर्योदयसँगै अर्घ्य अर्पण गर्दै पर्वको समापन गरेका हुन् ।
निजगढ नगरपालिका–८ स्थित बकैया छठघाटमा बिहानैदेखि व्रतालुहरूको घुइँचो लागेको थियो । हातमा ठकुवा, ठेकुआ, फलफूल र विभिन्न प्रसादसहित भक्तजनहरू पोखरी किनारमा उभिएर सूर्यदेव र छठी माईको आराधना गरेका थिए ।
स्थानीयहरूका अनुसार यस वर्ष बकैयाघाटमा अघिल्ला वर्षभन्दा बढी श्रद्धालुहरूको भीड देखिएको थियो । नगरपालिकालगायतका विभिन्न संघ/संस्था र विभिन्न समाजिक व्यक्तीत्वहरुको सहयोगमा घाट वरिपरि बत्ती र सुरक्षाको व्यवस्था गरिएको थियो ।
छठ पर्वको अवसरमा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लाका नदी किनार र पोखरीहरूमा पनि समान रूपमा श्रद्धा र उल्लासका साथ पर्व मनाइएको छ।
धार्मिक विश्वासअनुसार छठी माईको पूजा गरी सूर्यलाई अर्घ्य दिएमा दीर्घायु, स्वास्थ्य र समृद्धि प्राप्त हुने जनविश्वास छ।






















Discussion about this post