बारा । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा हुमे भएको छ । बाराका प्रजिअ पौडेललाई आयोगमा सरुवा गरिएको हो । भने बाराको जिम्मेवारी धर्मेन्द्र कुमार मिश्रले सम्हाल्ने भएका छन्। मिश्र यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू पनि यस सरुवामा परेका छन्। गृह मन्त्रालयले गरेको निर्णयअनुसार पर्साका प्रजिअलाई अन्य जिल्ला सरुवा गरिएको र रौतहटको पनि प्रजिअ सरुवा भएको स्रोतले जनाएको छ।
गृह मन्त्रालय मातहतका मधेसका महोत्तरी, सिरहा लगायतका जिल्लाका प्रजिअ पनि हेरफेर भएका छन् ।
यसै क्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा पठाइएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी सरुवा गरिएको छ।






















Discussion about this post