बारा । पुर्व पश्चिम राजमार्गको निजगढ चन्द्रपुर सडक खण्डको चपुर नजिक गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको छ । काठमाडौंबाट चपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको “दरबार एअर” बसमा बिहान करिब ७:३० बजे अचानक ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८:३० बजे नियन्त्रणमा लिएको थियो ।
आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भएको र करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक झाले जानकारी दिए ।
घटनास्थल चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिम लचकामा रहेको प्रहरीले जनाएको छ । आगलागीपछि केही समय सवारी साधनहरु आवागमन प्रभावित भए पनि सडक पुर्णरुपमा खुलेको र आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ ।






















Discussion about this post