रतनपुरमा चौथो रतनपुरी गोल्ड कप–२०८२ हुने

397
SHARES
522
VIEWS

बारा । निजगढ–११ रतनपुरमा हुने चौथो रतनपुरी गोल्ड कप यहि असोज ३१ गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन हुने भएको छ । खेलकुदमा युवाहरूको सहभागिता बढाउन र अनुशासन, विकास तथा स्वस्थ्य जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस वर्ष पनि गोल्ड कपको आयोजक “रतनपुर युनाइटेड युथ क्लब रहेको छ भने प्रतियोगिताको मुख्य प्रायोजक “ अर.टी.एफ.सी. मलेसियाका अध्यक्ष राजु योन्जन तामाङ्ग ” रहेका छन् ।

प्रतियोगिता श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । गोल्ड कपको प्रतियोगितामा बारा जिल्ला र छिमेकी जिल्लाका विभिन्न स्थानका क्लबहरूले सहभागीता हुने भएको छ ।

आयोजक क्लबका अध्यक्ष सन्तोष दनुवारले गोल्ड कपले स्थानीय स्तरका खेलाडीहरूलाई प्रेरणा र आशा जगाउने बताएको छ । उनले रतनपुर क्षेत्रका खेलाडीहरूले जिल्ला र राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभाले सबैलाई चकित बनाएको भन्दै यस्ता स्थानीय प्रतियोगिताले खेलाडीहरूलाई अझै अघि बढ्न प्रेरणा दिने बताए ।

त्यस्तै, क्लबका पूर्व अध्यक्ष शंकर रुम्बाले आफ्नो कार्यकालमा तेस्रो गोल्ड कपलाई प्राथमिकता दिएको स्मरण गर्दै, अहिलेका नयाँ पुस्ताले उक्त परम्परालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरेका थिए । रुम्बाले सबै सहयोगी मन र खेलप्रेमीहरूलाई आफ्ना स्तरबाट सहयोग गरी प्रतियोगितालाई सफल बनाउन आग्रह गरेको छ । त्यसैगरी वडा अध्यक्ष सहईया गुरोले युवाहरूले अपेक्षा अनुसारको उपलब्धि हासिल गर्न खेलकुद क्षेत्रलाई अझै सशक्त रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरेको छ ।

त्यस्तै, क्लबका पूर्व सचिव सियाराम कुमारले यस वर्षको गोल्ड कपमा बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरका गरी १२ वटा फुटबल टोली सहभागी हुने जानकारी दिए । आयोजकले प्रतियोगितामा उच्च स्तरको प्रतिस्पर्धा हुने र स्थानीय खेलकुद वातावरण सशक्त बन्ने विश्वास व्यक्त गरेको छ ।

“खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति” भन्ने नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिताले स्थानीय युवाहरूमा खेलप्रतिको आकर्षण र एकता बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित